‘वे टु विसडम मन्टेश्वरी’ पनौतीको दिक्षान्त समारोह तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

नौलो समाचार संवाददाता
२०७९ चैत्र ११, शनिबार मा प्रकाशित १३९७ पटक पढिएको
‘वे टु विसडम मन्टेश्वरी’ पनौतीको दिक्षान्त समारोह तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

चैत ११, काभ्रे। पनौती-७, कुशादेबीमार्गमा रहेको पुर्व प्राथमिक तहको विद्यालय वे टु विसडम मन्टेश्वरीले (Way To Wisdom Mantessori)  दिक्षान्त समारोह तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय प्रांगणमा सम्पन्न कार्यक्रममा युकेजी तहका विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो भने कक्षा १ र २ सहित अभिभावक दिवस मनाईएको हो।

पुर्व प्राथमिक तहमा पनौतीमा उत्कृष्ट शिक्षा तथा व्यवहारिक ज्ञान प्रदान गर्दै आएको यस विद्यालयले मन्टेश्वरी तहको शिक्षाको लागि अभिभावकको पहिलो रोजाईमा आफुलाई पार्न सफल भएको छ।

कार्यक्रममा कक्षा १, २ र युकेजी का विद्यार्थीहरुले परम्परागत शिक्षा र आधुनिक शिक्षा सम्बन्धि नाटक, नृत्य तथा विभिन्न प्रस्तुतिहरु देखाएका थिए। शिक्षिकाहरुले पनि आफ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पनौती वडा नम्बर-७ का अध्यक्ष सबिन ताम्राकारले साना बाबुनानीको यति राम्रो प्रस्तुति देखेर आफूलाई पनि बाल्यकालको याद आएको बताउदै पनौती क्षेत्रमा यस विद्यालयले अबिभावाकमा राम्रो छाप छोड्न सफल रहेको उल्लेख गर्नुभयो। साथै उहाँले आफुहरुले विद्यालय अनुगमनका क्रममा पनि विद्यालय भित्रको अनुशासन, सिकाई, शिक्षिकाहरुको व्यवहार र खानपानको सरसफाईबाट सन्तुष्ट रहेको बताउदै आवश्यकताका आधारमा विद्यालयलाई आफुहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस्तै कार्यक्रममा वडा नम्बर ७ का सामाजिक परिचालक तथा बाल मैत्री सहजकर्ता गीता दाहालले यस मन्टेश्वरीले बालबालिकाको दोश्रो अविभावक बनेर राम्रो संस्कार संगै शैक्षिक र व्यावहारिक ज्ञान दिन सफल रहेको भन्दै प्रसंशा गर्नुभयो।

तर स्कुलमा सिकाईएका संस्कार र व्यावहारिक ज्ञान घरमा पनि उस्तै रुपमा लागु गर्न पनि अविभावकलाई आग्रह गर्नुभयो। ”स्कुलमा चै तपाई/हजुर भन्न सिकाउने, आफै खान सिकाउने तर घरमा अविभावकले ‘त’ शब्द प्रयोग गर्ने तथा आफु मोबाईल फोनमा बिजी हुने तर बच्चालाई होमवर्क गर भन्ने कराउने बानि तुरुन्त अविभावकले छाड्नुपर्ने” औल्याउनुभयो।

साथै बाल मैत्री सहजकर्ता दाहालले बालबालिकाको प्रतिभा उजागर गर्नको लागि अन्य विद्यालय जस्तै यस विद्यालयलाई पनि बाल मैत्री शाखाको तर्फबाट सहयोग उपलब्ध गराउने बताउनुभयो।

विद्यालयका निर्देशक तथा प्रिन्सिपल मेघा मल्लले आफुहरु पाँचौं वर्षसम्म आईपुग्दा धेरै अविभावक तथा बाबुनानीको मायाँ पाईरहेको आफ्नो स्कुलले सधै आधुनिक र स्मार्ट शैक्षिक पद्दतिलाई अबलम्बन गरिरहेकोले यो सम्भव भएको बताउनुभयो। आफुहरुको विद्यार्थीप्रतिको लगाव र मिहेनतले अविभावक तथा बाबुनानीले दिक्षान्त पछी पनि स्कुल छाड्न नमान्नु नै आफुहरुको सफलता भएको बताउनुभयो।

विद्यालयबाट प्राप्त ज्ञान, संस्कार र व्यावहारबाट प्रभावित भई अविभावकको तर्फबाट गीता घिमिरे बन्जाराले विद्यालयका सम्पूर्ण शिक्षिका तथा कर्मचारीहरुलाई खदा ओडाई सम्मान गर्नुभएको थियो।

यस्तै अविभावकको तर्फबाट कुन्जन सिलवालले मन्तब्य राख्नु भएको थियो।

कार्यक्रमको संचालन शिक्षिका वर्षा श्रेष्ठले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस