महाभारतका आगलागी पीडितलाई तरुण दलको सहयोग

नौलो समाचार संवाददाता
२०७९ चैत्र १४, मंगलबार मा प्रकाशित ३४८ पटक पढिएको
महाभारतका आगलागी पीडितलाई तरुण दलको सहयोग

चैत १४, काभ्रे। महाभारत गाउँपालिका–२, चिसापानीटारमा भएको आगलागी घटनाका पीडितलाई नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सहयोग गरेको छ।

हालै भएको घटनामा स्थानीय पदमबहादुर गोलेको घर जलेर पूर्ण रुपमा क्षति हुनुका साथै खाद्यान, लत्ताकपडा र पशुचौपाय जलेर नष्ट भएका थिए।

नेपाल दरुण दल काभ्रेको प्रदेश सभा १ (क) का सभापति राम लामाले व्यक्तिगत सहयोग स्वरुप ६५ हजार बराबरको खाद्यान्न, लत्ताकपडा लगायत अत्यावश्यक सामाग्री हस्तान्तरण गर्नुभएको हो। महाभारत गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष पदम बहादुर मोक्तानको रोहवरमा राहत वितरण गरिएको थियो।

राहत वितरण कार्यक्रममा काभ्रे प्रदेश १ (क) का सभापति रामबहादुर योञ्जन, प्रदेश १ (क) का कोषाध्यक्ष रमेश तामाङ, प्रदेश १ (क) का प्रचार विभाग प्रमुख विकास लामा, महाभारत तरुण दलका सभापति सरोज कुमार मोक्तान, महाभारत नेपाली कांग्रेस वडा नं. २ का सभापति दमाई सिं वाइबा लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस