नमोबुद्धका सहकारीलाई ‘कोपोमिस’ सम्बन्धी अभिमुखिकरण

नौलो समाचार संवाददाता
२०७९ चैत्र १४, मंगलबार मा प्रकाशित १६९ पटक पढिएको
नमोबुद्धका सहकारीलाई ‘कोपोमिस’ सम्बन्धी अभिमुखिकरण

चैत १४, काभ्रे। नमोबुद्ध नगरपालिकाले पालिका भित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्वन्धी अभिमुखिकरण गरेको छ।

नगर क्षेत्रका २० सहकारी संस्थाका व्यवस्थापकलाई सहभागी गराएर कोपोमिस बारे अभिमुखिकरण गराएको सहकारीको समेत जिम्मेवारी महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो।

कोपोमिस विज्ञ रहेका कम्प्युटर इञ्जिनियर आमोद पुडासैनीले कोपोमिसका प्राविधिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो।

कोपोमिस सहकारी क्षेत्रको सूचना, तथ्यांकहरुलाई नियमित, विश्‍वसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो।

उपशाखा प्रमुख सुनुवारले नगर भित्रका सहकारी संस्थालाई क्रमशः कोेपोमिसमा आवद्ध गर्दै लैजाने बताउनुभयो।

तालिमको उद्धघाटन कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले नगर क्षेत्रका सहकारीलाई व्यवस्थित गर्दै लगिने बताउनुभयो।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले सहकारीसम्बन्धी तथ्यांक व्यवस्थित गर्दै सहकारीले गरिबी निवारण र आर्थिक समृद्धीमा योगदान गर्नुपर्ने तर्क गर्नुभयो।

प्रतिक्रिया दिनुहोस