पनौती क्षेत्रबाट खसीबोका चोरी गर्ने २ जना पक्राउ

नौलो समाचार संवाददाता
२०७९ चैत्र १७, शुक्रबार मा प्रकाशित १४०९ पटक पढिएको
पनौती क्षेत्रबाट खसीबोका चोरी गर्ने २ जना पक्राउ

चैत १७, काभ्रे। पनौतीको विभिन्न क्षेत्रमा खसी/बोका चोरी गरी बेचबिखन गर्ने ३ जना पक्राउ परेका छन्।

पक्राउ परेका तीनै जनालाई आज ईकाला प्रहरी कार्यालय बनेपाले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नम्बर ४ का २४ बर्षीय मिलन तामाङ र सोही गाउँपालिकाका वडा नम्बर ७ का बर्षीय ४० सुमन तामाङ रहेका छन्। यस्तै, मिलन र सुमनले चोरी गरेको खसी, बोका किन्दै आएका रामेछापकै मन्थली नगरपालिका वडा नम्बर ५ घर भएका ४३ बर्षीय देवीबहादुर कार्कीलाई पनि पक्राउ परेका छन्।

उनीहरु पनौती क्षेत्रमा खसीबोका चोरेर ट्याक्सीमा काठमाडौं लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

उनीहरु हिजो राति ३ बजेको समयमा आशापुरीस्थित सडक खण्डमा बा २ ज ४३२७ नम्बरको ट्याक्सीमाथि शंका लागि चेकजाँच गर्दा डिकिमा अन्दाजी ३० के. जिको कालो रंगको बोका फेला परेको थियो। डिकीमा बोका फेला परेपछि प्रहरीले सोधपुछ गर्दा पनौती नगरपालिका वडा नम्बर ३ कुशादेवीबाट चोरी गरि ल्याएको खुल्न प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत काभ्रेबाट आज चोरी मुद्धा शिर्षकमा म्याद थप अनुमती लिएर अनुसन्धान थालिएको डिएसपी रेशम बोहराले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस