सुनको मूल्य हालसम्मकै उच्च

नौलो समाचार संवाददाता
२०७९ चैत्र २२, बुधबार मा प्रकाशित १०१८ पटक पढिएको
सुनको मूल्य हालसम्मकै उच्च

चैत २२, काठमाडौं। नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) एक तोला छापावल सुनको मूल्य एक लाख ११ हजार रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा २ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको हो।

यसअघि सुनको उच्च मूल्य चैत ५ गते एक लाख १० हजार रुपैयाँ पुगेको थियो।

आज तेजावी सुनको मूल्य एक लाख १० हजार ५ सय रुपैयाँ तोकिएको छ।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १४ सय ४० रुपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस