इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै

नौलो समाचार संवाददाता
२०७९ चैत्र २२, बुधबार मा प्रकाशित ४२७ पटक पढिएको
इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै

चैत २२, काठमाडौं। लामो समय भाषागत विवाद भएको इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने भएको छ।

नेपाली भाषा बचाउ अभियन्ता तथा भाषाका जानकारहरूले सरकारले अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्न अनिवार्य गरेको भन्दै विरोध जनाउँदै आएका थिए । तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीमा लेख्न पाइने निर्णय गरेको हो ।

अब सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ । बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ अनुसार निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो निर्णय सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार पुरानोलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने निर्णय गरिएको छ। यसअघि अब इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्नैपर्ने बाध्यता थियो ।

 


प्रतिक्रिया दिनुहोस