बेलर ईन्टरनेसनल मोन्टेश्वरी किन्नरगार्डेन (Kids Castle)को दिक्षान्त समारोह सम्पन्न

नौलो समाचार संवाददाता
२०७९ चैत्र २४, शुक्रबार मा प्रकाशित १०८७ पटक पढिएको
बेलर ईन्टरनेसनल मोन्टेश्वरी किन्नरगार्डेन (Kids Castle)को दिक्षान्त समारोह सम्पन्न

चैत २४, काभ्रे। बनेपामा रहेको प्रतिष्ठित बेलर ईन्टरनेसनल एकेडेमी अन्तर्गतको बेलर ईन्टरनेसनल मोन्टेश्वरी किन्नरगार्डेन (Kids Castle)ले  बालबालिकाको दिक्षान्त समारोह सम्पन्न गरेको छ।

समारोहमा वर्ष २०७९ ब्याचका ३५ जना बालबालिका दिक्षित भएका छन्।

पुर्व प्राथमिक तहमा पनि बेलरको किड्स क्यास्टलले उत्कृष्ट छाप छोड्न सफल भएको छ।

व्यवहारिक र प्रयोगात्मक शिक्षालाई जोड दिदै आएको बेलर ईन्टरनेसनल एकेडेमीले उच्च शिक्षासम्म आफ्नो छुट्टै ब्रान्ड बनाउन सफल भएको छ।

कार्यक्रममा एकेडेमीका संस्थापक भोला थापाले यस किड्स क्यास्टल मन्टेश्वरीले बालबालिकाको दोश्रो अविभावक बनेर राम्रो संस्कारसंगै शैक्षिक र व्यावहारिक ज्ञान दिन सफल रहेको बताउनुभयो। स्कुलले सधै आधुनिक र स्मार्ट शैक्षिक पद्दतिलाई अबलम्बन गरिरहेकोपनि उहाँले बताउनुभयो।

कार्यक्रममा बेलर ईन्टरनेसनल एकेडेमीका प्रिन्सिपल इन्दु थापा, किड्स क्यास्टलका प्रिसिपल सबिना प्रजापति, एकेडेमीका प्रबन्ध निर्देशक पवनकुमार थापा तथा बेलरसंग सम्बन्धित व्यक्तित्वहरु, शिक्षा सेवी, अविभावकहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस