साहित्यकार सूर्यप्रसाद लाकोजूको कथा संग्रह ‘सत्याग्रह’ सार्वजनिक

नौलो समाचार संवाददाता
२०७९ चैत्र २४, शुक्रबार मा प्रकाशित १०८५ पटक पढिएको

साहित्यकार सूर्यप्रसाद लाकोजूको कथा संग्रह ‘सत्याग्रह’ सार्वजनिक

चैत २४, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कथा संग्रह ‘सत्याग्रह’ प्रकाशन भएको छ।

कविता र पनौती नगरको सांस्कृतिक तथा ऐतिहासिक विधामा धेरै कलम चलाएका लाकोजूको यो पहिलो कथासंग्रह हो।

सत्याग्रहमा जम्मा ११ ओटा कथाहरू रहेका छन्। प्राय कथाहरू हुँदा खाने भूईँमान्छेका छन्। उनीहरूको दुख, सङ्घर्ष , पीडा कथा भएर पोखिएका छन्।

त्यस्तै कथाहरूमा माया, प्रेमका सन्दर्भ पनि छन्। सामाजिक संजालको दुरुपयोगका कारण जीवन बर्बाद भएको प्रसङ्ग पनि कथामा छन्। राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपूतका योगदानको चर्चा पनि कथाहरूमा छन्।

सो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशन काठमाडौले प्रकाशन गरेको हो ।

कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका तीन दर्जन साहित्यि कृतिहरू प्रकाशित छन्।


प्रतिक्रिया दिनुहोस