टिपरका लागि पनौती नगरपालिकाले तोक्यो नयाँ तालिका र रुट

नौलो समाचार संवाददाता
२०७९ चैत्र २४, शुक्रबार मा प्रकाशित १६९२ पटक पढिएको
टिपरका लागि पनौती नगरपालिकाले तोक्यो नयाँ तालिका र रुट

चैत २४, काभ्रे। पनौती नगरपालिकाले टिपर सञ्चालनका लागि नयाँ तालिका सार्वजनिक गरेको छ।

आज भएको टिपर संचालन सम्बन्धि छलफलले नयाँ समय, तालिका र रूट तय गरिएको हो।

नयाँ तालिका अनुसार भारवाहक सवारी साधन (टिपर) संचालन गर्न निर्धारण गरिएको समय तालिका बमोजिम पनौती नमोबुद्ध सडकमा एकतर्फी लोड टिपर र गोरखनाथ फेदीमुनीबाट बैकल्पिक सडक हुँदै कज्वे निस्कने बाटोबाट खाली टिपर संचालन गर्नुपर्ने उल्लेख गरिएको छ।

मुख्य सडक एवं पैदल यात्रीको आवत-जावत हुने सडक क्षेत्रमा अधिकतम गति २० कि.मी. प्रति घण्टा हुने गरी संचालन गर्नुपर्ने सूचनामा उल्लेख छ।

मालवाहक सवारी साधनहरू सडक किनारा लगायत मानेश्वरी बसपार्क क्षेत्रमा पार्किङ्ग नगर्न नगरपालिकाले आग्रह गरेको छ। तोकिएको समय तालिका भित्र अन्य मालवाहक साधन समेत मानेश्वरी बसपार्क लगायत बजार क्षेत्रमा प्रवेश गर्न पाउने छैनन् ।

नयाँ तालिका अनुसार बिहान ८ः३० देखि बिहान १०ः१५ बजेसम्म, दिउँसो ३ः३० देखि साँझ ५ः०० बजेसम्म, राती ९ः१५ देखि बिहान ५ः०० बजेसम्म टिपर चलाउन पाइने छैन्।

यस्तै, बिहान ६ः१५ देखि बिहान ८ः०० बजेसम्म, दिउँसो ११ः१५ देखि दिउँसो १ः०० बजेसम्म, राती ८ः३० देखि राती १०ः३० बजेसम्म लोड टिपर चलाउन पाइने छ।

खाली टिपर भने टिपर बन्द हुने समय भन्दा बाहेकको समयमा चलाउन सकिने नगरपालिकाले सूचनामा उल्लेख गरेको छ।

नगरपालिकाद्वारा सूचना:


प्रतिक्रिया दिनुहोस