पनौती-१० मा रहेको ‘साहारा जेष्ठ नागरिक समाज’द्वारा विभिन्न व्यक्तित्व सम्मानित

नौलो समाचार संवाददाता
२०७९ चैत्र २५, शनिबार मा प्रकाशित ११४४ पटक पढिएको

पनौती-१० मा रहेको ‘साहारा जेष्ठ नागरिक समाज’द्वारा विभिन्न व्यक्तित्व सम्मानित

चैत २५, काभ्रे। पनौती-१० रहेको साहारा जेष्ठ नागरिक समाजले ४ जना जेष्ठ नागरिकसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ।

शुक्रबार साहारा जेष्ठ नागरिक समाजको ९औँ वार्षिक साधारणसभाको अवसरमा व्यक्तित्व सम्मान लगायतका विभिन्न  कार्यक्रम गरिएको व्यक्तित्व हो।

कार्यक्रममा सम्मानित हुने जेष्ठ नागरिकहरुमा ठूली कान्छि कार्की, रत्नबहादुर उदास, कान्छि कार्की र ज्ञानबहादुर खड्का हुनुहुन्छ। उहाँहरुलाई कार्यक्रका प्रमुख अतिथी लायन्सकर्मी सबिता दाहाल न्यौपानेले दोसल्ला, खादा, माला र मायाको चिनोले सम्मान गर्नुभयो। सो अवसरमा सम्मानित हुनेहरुलाई हर्लिक्स, फलफुल तथा खानेकुरा उपलब्ध गराईएको थियो।

कार्यक्रममा स्थानीय समाजसेवी पनौती नगरपालिका वडा न १० निवासी जगन्नाथ गिरीलाई विशेष सम्मान गरिएको थियो। गिरीलाई कार्यक्रमको प्रमुख अतिथिले दोसल्ला, माला र सम्मान पत्रबाट सम्मान गर्नुभएको थियो। सम्मानित समाजसेवी गिरिले आफ्नो स्वर्गबासी पिता कुलमान गिरीको नाममा अक्षयकोष स्थापनार्थ २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गर्नुभयो। गिरीले संस्थामा रहेका जेष्ठ नागरिकहरुलाइ पालाञ्चोक भगवती दर्शन र भोजन गराउनु भएको थियो। उहाले हरेक बर्ष जेष्ठ नागरिकहरुलाई धार्मिक यात्रामा लाने योजनासमेत रहेको जानकारी दिनुभयो।

यस्तै कार्यक्रममा संस्थाका सदस्यद्वय रेणुका उलक र हरि हुमागाईलाई सक्रिय सदस्यको रुपमा सम्मान गरिएको थियो।

सो सम्मान कार्यक्रममा लायन्स क्लबले जेष्ठ नागरिकहरुलाइ भजन गाउनका लागि हार्मोनियम र मादल एक एक थान प्रदान गरेको छ।
कार्यक्रममा संस्थाको आगामी बर्षको कार्ययोजना संस्थाका सचिव अच्युतप्रसाद गुरागाईले गर्नु भएको थियो भने संस्था स्थापना कालदेखि हालसम्मको प्रगति प्रतिवेदन संस्थाका संचालक हस्तबहादुर लामाले प्रस्तुत गर्नु भएको थियो।

“जेष्ठ नागरिकको सम्मान सभ्य समाजको पहिचान” भन्ने उद्देश्यका साथ स्थापित संस्थाले ज्येष्ठ नागरिकहरुलाई हप्ताको ३ दिन भजन किर्तन कार्यक्रम गराउँदै आएको छ।

संस्थाको आर्थिक कारोवारको प्रतिवेदन संचालक विष्णु सिलवालले पेश गर्नु भएको थियो।

कार्यक्रममा पनौती नगरपालिका वडा नं. १० का अध्यक्ष मोहनबहादुर भण्डारी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, समाजसेवी माधव थापा नेपाल रेडक्रस सोसाईटी खोपासी उपशाखाका अध्यक्ष विनोद कोईराला, वडा सचिव भगवान बस्नेत, काभ्रे सेवा समाजका पूर्व अध्यक्ष प्रल्हाद केसी, लगायतका शिक्षासेवी बुद्धिजिवी जनप्रतिनीधी लगायतको उपस्थिती रहेको  थियो।

संस्थामा संस्थापक अध्यक्ष भरत शर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम संस्थाका महासचिव भुषण कुमार श्रेष्ठले संचालन गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस