नमोबुद्धमा व्यवसाय दर्ता र नविकरण अभियान सञ्चालन

नौलो समाचार संवाददाता
२०७९ चैत्र २७, सोमबार मा प्रकाशित १७९ पटक पढिएको

नमोबुद्धमा व्यवसाय दर्ता र नविकरण अभियान सञ्चालन

चैत २७, काभ्रे। नमोबुद्ध नगरपालिकाले सबै किसिमका व्यवसायहरु दर्ता तथा नविकरण गर्न अभियान सञ्चालन गरेको छ।

प्रचलित कानून अनुसार सबै किसिमका व्यवसायहरु नगरपालिकामा दर्ता तथा नविकरण गर्न अनुुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार, विना दर्ता व्यवसाय सञ्चालन गरिएको पाइए प्रचलित कानून अनुसार कार्वाही गरिनेछ।

नगरपालिकाले व्यवसाय दर्ता गर्नको लागि सचेतना समेत सञ्चालन गरेको छ। आइतबार नगर उपप्रमुख रत्नबहादुर लामा, नगर प्रवक्ता टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कर्मचारीसहितको टोलीले भकुण्डे क्षेत्रमा नगरपालिकामा दर्ता गरेर मात्रै व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ।

टोलीले दर्ता नभएका व्यवासय दर्ताका साथै म्याद गुज्रेकाहरुको नविकरण तथा जरिवाना समेत गरेको थियो। ११ वटै वडामा पुगेर व्यवसाय दर्ता र नविकरणको लागि अनुरोध गर्ने र अटेर गरे नियम अनुसार कार्वाही गर्ने नगरपालिकाको तयारी छ।


प्रतिक्रिया दिनुहोस