२६ वर्षपछि पक्राउ परे बहिनी नाता पर्नेलाई बेच्ने तेमालका ओम तामाङ

नौलो समाचार संवाददाता
२०७९ चैत्र २७, सोमबार मा प्रकाशित ११३० पटक पढिएको
२६ वर्षपछि पक्राउ परे बहिनी नाता पर्नेलाई बेच्ने तेमालका ओम तामाङ

चैत २७, काभ्रे। मानव बेचबिखनको आरोपमा तेमाल गाउँपालिका वडा नम्बर-३ सरमथलीका ओमबहादुर तामाङ पक्राउ परेका छन्।

२६ वर्षअघि आफ्नै गाउँका बहिनी नाता पर्ने महिलालाई भारतको दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने वर्ष ५९ को प्रेम लामा भन्ने ओमबहादुर तामाङ पक्राउ परेका हुन्।

५९ वर्षीय तामाङले परिवर्तित नाम आ.व. २०५८/५९ को जिल्ला ३० बोल्दे १ (क) लाई २०५४ साल भदौ महिनामा पैसा कमाउने काममा लगाइदिन्छु भनेर गाउँबाट काठमाण्डौ हुँदै झुक्याएर दिल्लीस्थित ३ नम्बर कोठीमा लगेर भारु ३५ हजार रुपैयाँमा बेचेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

४ वर्षसम्म वेश्यालयमा नारकीय जीवन बिताउन बाध्य भएकी पीडितले २०५८ साल भदौ २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रेम लामा विरुद्ध जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि प्रतिवादी लामा फरार भएका थिए।

काभ्रे प्रहरीको पुराना मुद्दा फर्छ्यौट गर्ने विशेष पहलका क्रममा ओमबहादुर तामाङ (प्रेम लामा) २०७९ चैत २६ गते काठमाडौं महानगरपालिका वडा नम्बर १५ भगवानपाउबाट पक्राउ परेका हुन्।

पक्राउ परेका तामाङलाई जिल्ला अदालत काभ्रेबाट जिउ मास्ने बच्ने (मानव बेचबिखन तथा ओसार पसार) मुद्दा शिर्षकमा पहिलो पटकलाई ७ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं  प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस