यातायातको अनलाइन लाइसेन्ससम्बन्धी सबै सेवा अबरुद्ध, कहिले खुल्छ छैन अत्तोपत्तो

नौलो समाचार संवाददाता
२०७९ चैत्र २८, मंगलबार मा प्रकाशित २००७ पटक पढिएको

यातायातको अनलाइन लाइसेन्ससम्बन्धी सबै सेवा अबरुद्ध, कहिले खुल्छ छैन अत्तोपत्तो

चैत २८, काठमाडौं। मंगलबार (आज) बिहानदेखि अनलाइन लाइसेन्सको सबै सेवाहरु ठप्प भएको छ।

सरकारको एकीकृत डेटा सेन्टरको डेटावेस सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्रको सबै काम मंगलबार बिहानदेखि ठप्प भएको यातायात व्यवस्था विभागले जनाएको छ।

जसका कारण लाइसेन्सको सबै काम ठप्प भएको विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले बताउनुभयो। सर्भरमा समस्या देखिएपछि लाइसेन्सको फारम, नवीकरण लगायत सबै काम ठप्प भएको उहाँको भनाइ छ।

डेटावेस सर्भरमा आएको समस्या समाधान गर्न काम भइरहेको पनेरु बताउँनुहुन्छ। समस्या कहिलेसम्म समाधान हुन्छ भनेर भन्न नसकिने उहाँले बताउनुभयो।

‘यो समस्या अहिले पनि ठिक हुन सक्छ वा भोलि पनि ठिक नहुन सक्छ,’ उहाँले भन्नुभयो, ‘यो हाम्रो हातमा छैन। डेटा सेन्टरका प्राविधिकहरुले समस्या समाधान गर्ने भएकाले कहिले संचालन हुन्छ भन्ने यकिन छैन।’

यातायात व्यवस्था विभागको सूचना:-






प्रतिक्रिया दिनुहोस