पनौती-११ बल्थलीमा खुर्पा प्रहार गरी छोराद्वारा आमाको हत्या

नौलो समाचार संवाददाता
२०७९ चैत्र २९, बुधबार मा प्रकाशित १५९८ पटक पढिएको
पनौती-११ बल्थलीमा खुर्पा प्रहार गरी छोराद्वारा आमाको हत्या

चैत २९, काभ्रे। पनौती- ११ बल्थलीमा छोराले धारिलो हतियार प्रयोग गरी आमाको हत्या गरेका छन्।

बल्थलिका ५२ वर्षीय बिश्वबन्धु थापाले ९२ बर्षिय आफ्नै आमा कान्छीमाया थापालाई खुर्पा प्रहार गरेर हत्या गरेको खुलेको हो।

खुर्पा प्रहारबाट टाउकोमा गहिरो चोटका कान्छीमायाको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान धारिलो हतियारको प्रहारले गम्भीर भएकी कान्छीमायाको घटना स्थलमै मृत्यु भएको हो।

सधै २४सै घण्टा आमाको स्याहर आफु मात्र गर्नु परेकोले तनाबमा छोरा बिश्वबन्धुले यस्तो कदम उठाएको हुन सक्ने स्थानीयले बताएका छन्। उनले डिप्रेसनको औषधि खाइरहेको पनि बताईएको छ।

यधपी छोरा बिश्वबन्धुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

आमाको शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लागिएको छ।

प्रतिक्रिया दिनुहोस