धुलिखेल–खावा सडक मर्मत गर्न एक्सनमा उत्रिए जिसस प्रमुख गौतम र सिडिओ पौडेल, १२ घण्टा सडक बन्द गरी काम सुरु

नौलो समाचार संवाददाता
२०८० बैशाख ३, आईतबार मा प्रकाशित १५४८ पटक पढिएको
धुलिखेल–खावा सडक मर्मत गर्न एक्सनमा उत्रिए जिसस प्रमुख गौतम र सिडिओ पौडेल, १२ घण्टा सडक बन्द गरी काम सुरु

बैशाख ३, काभ्रे। धुलिखेल-खावा सडक खण्डको काम कछुवाको गती भन्दा पनि कम भएपछी जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारी एक्सनमा उत्रियका छन्।

धुलिखेलदेखि खावासम्मको सडक निर्माणका क्रममा उप्काईएक पिच र ठुला-ठुला खाल्डा र धुलोका कारण यात्रा निकै जोखिमपूर्ण भएको जनगुनासो बढेपछी जिल्ला समय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम र प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल आफै सडक निर्माण फिल्डमा  पुगेर कामको निगरानी गर्नुभएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले आज एक सूचना जारी गर्दै धुलिखेल-खावा सडक खण्ड तिब्र गतिमा मर्मत गर्नका लागि १२ घण्टा (आज ३ गते राती ८ बजेदेखि ४ गते बिहान ८ बजेसम्म)का लागि धुलिखेलदेखि पाँचखालसम्मको सडक पूर्ण रुपमा बन्द गरिएको जनाएको छ।

धुलिखेल-खावा सडक खण्ड सडकको अवस्था निकै नै दयनीय स्थानीय तथा सर्वसाधारणमा ज्यादै कष्टपूर्ण यात्रा गर्न बाध्य भएको र कुनै पनि बेलामा दुर्घटना हुनसक्ने जोखिमलाई मध्यनजर गरी रातारात सडक मर्मत गर्नुपर्ने भएकोले १२ घण्टा सडकमा आवतजावत बन्द गर्नुपरेको सूचनामा उल्लेख गरिएको छ।

ठेकेदार कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिका प्रतिनिधिलाई साथमा लिई राती अबेरसम्म जिसस प्रमुख गौतम र सिडिओ पौडेल खावामा खाल्डो पुर्ने कामको निगरानी गरिरहनु भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा जारी सूचना :-


प्रतिक्रिया दिनुहोस