बनेपामा पुग्यो एकीकृत खानेपानी आयोजनाको पानी

नौलो समाचार संवाददाता
२०८० बैशाख १२, मंगलबार मा प्रकाशित १४३९ पटक पढिएको
बनेपामा पुग्यो एकीकृत खानेपानी आयोजनाको पानी

बैशाख १२, काभ्रे। एकीकृत खानेपानी आयोजनाको पानी बनेपाको ट्याङ्कीमा खसालीएको छ।

नेपाल खानेपानी संस्थानबाट पानी वितरण गर्दै आएको भएपनि अपर्याप्त रहेको नगरबासिन्दालाई काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी नेपाल खानेपानी संस्थान बनेपाको ट्याङ्कीमा खसालीयोको हो।

खानेपानीको समस्या झेल्दै आएका काभ्रेको बनेपा नगरबासिन्दालाई खानेपानीको व्यवस्थापन हुने भएको छ।

करिब नौ बर्ष अगाडी निर्माण शुरु भएको एकीकृत खानेपानी आयोजनाको पानी अहिले बनेपाको आजाद डाँडामा रहेको बनेपास्थित संस्थानको मुख्य ट्याङ्कीमा खसालीसकेको हो। एकीकृत खानेपानीको पानी खानेपानी संस्थानको ट्याङ्कीमा खसेसंगै पानी वितरणमा सहज भएको संस्थानले जनाएको छ।

बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले ‘आफ्नो नेतृत्वमा नगरपालिकाका इञ्जिनियर, प्लम्बर र पनौती नगरपालिका प्रमुखसमेतको सहयोगमा एकीकृत खानेपानी आयोजनाको मुहानसम्म पुगेर फुटेको पाईप मर्मत तथा जडान गरेपछि पनौतीस्थित खानेपानी ट्याङ्कीमा पानी खसालेर यहाँबाट बनेपामा रहेको खानेपानी ट्याङ्कीसम्म ल्याउन सफल भएका बताउनुभयो। नगर प्रमुख शाक्यले पाईप लाईन जोड्नुपर्ने, सरसफाई गर्नुपर्न र सुधार गर्नुपर्ने कामहरु बाँकी रहेकोमा खानेपानी संस्थानका प्राविधिकहरुको सहयोगमा अब छिट्टै दुवै खानेपानीलाई एकै ठाउँमा मिसाएर खानेपानी वितरण गर्ने बताउनु भयो।’

एकीकृत खानेपानीलाई बनेपा नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नं. ५, ६, ७, ८ र ९ का बान्सिदाहरुलाई वितरण गर्ने एकीकृत खानेपानी आयोजनाको लक्ष्य रहेको छ।


प्रतिक्रिया दिनुहोस