अष्ट्रेलियामा भएको आईटीएफ़ ताईक्वानडो प्रतियोगीतामा काभ्रेली खेलाडीलाई मास्टर टाइटलसहित विभिन्न अवार्ड

नौलो समाचार संवाददाता
२०८० बैशाख १३, बुधबार मा प्रकाशित १७१९ पटक पढिएको
अष्ट्रेलियामा भएको आईटीएफ़ ताईक्वानडो प्रतियोगीतामा काभ्रेली खेलाडीलाई मास्टर टाइटलसहित विभिन्न अवार्ड

बैशाख १३, काभ्रे। अष्ट्रेलियाको मेलबर्नमा भएको आईटीएफ़ थर्ड ग्लोबल ताईक्वानडो प्रतियोगीतामा नेपालका खेलाडीहरुले विभिन्न पदक जितेका छन्।

ताईक्वानडो आईटीएफ़ नेपालका संस्थापक अध्यक्ष काभ्रेका लक्ष्मण बस्नेतले मास्टर टाइटल प्राप्त गर्नुभएको छ।

उहाँले दुई हप्ताको बिशेष तालीम पश्चात गत एप्रिल १७ तारीकमा बेलायतको लण्डनस्थित आईटीएफ़ सेन्टरमा आईटीएफ़ भाइस प्रेसिडेन्ट ग्राण्डमास्टर ट्रेवर निकोल्सले लिनुभएको परिक्षामा उत्तीर्ण भई मास्टर टाईटल प्राप्त गर्नुभएको हो।

बिगत ३५ वर्षदेखी लगातार ताईक्वानडो खेल विकासमा लागिरहनु भएका बस्नेतले विभिन्न राष्ट्रीय, अन्तर्राष्ट्रिय तथा बिश्व ताईक्वानडो प्रतियोगीतामा समेत विभिन्न पदक जितिसक्नुभएको छ।

उक्त ग्रेडिंग पश्चात ताईक्वानडो आईटीएफ़ नेपालका खेलाडी काभ्रेकै गायजी खड़काले इन्डीभिजुअल स्पेयरिंग माइक्रो वेट्मा रजत पदक हात पार्नुभएको छ। यहि अप्रिल २२, २३ मा (बैशाख ९ र १० गते) अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको थर्ड ग्लोबल ताईक्वानडो प्रतियोगीतामा अष्ट्रेलियन खेलाडी केभिन क्वाचलाइ फाईनलमा पराजित गर्दै खड्काले उक्त पदक जित्नुभएको हो।

उक्त प्रतियोगिता पश्चात आयोजना भएको ‘आईटीएफ़ हल अफ फेम’मा मास्टर लक्ष्मण बस्नेतले ईन्टरनेसनल एम्बेसडर अवार्ड, गायजी खड़काले इंडोमेटिएबल स्प्रिंट अवार्ड र नेपालकै सस्मन बस्नेतले आउट स्ट्यान्डिंग ऐथलेट अवार्ड प्राप्त गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस