दुर्गा प्रसाईले आम्दानीको आयकर तिरेनन्, राजस्व कार्यालयले दियो १५ दिने अल्टिमेटम

नौलो समाचार संवाददाता
२०८० बैशाख १३, बुधबार मा प्रकाशित १४०४ पटक पढिएको

दुर्गा प्रसाईले आम्दानीको आयकर तिरेनन्, राजस्व कार्यालयले दियो १५ दिने अल्टिमेटम

बैशाख १३, काठमाडौं। आन्तरिक राजस्व कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कर बुझाउनका लागि १५ दिने अल्टिमेटम जारी गरिएको छ।

आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले व्यवसायी प्रसाईंलाई कर तिर्न १५ दिने अल्टिमेटम दिएको हो।

व्यवसायी प्रसाईंले बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर तिरेका छैनन्। तिर्नुपर्ने आयकर नतिरेपछि राजस्व कार्यालयले १५ दिनभित्र आयकर बुझाउन उनलाई १५ दिने अल्टिमेटम दिएको हो।

यता व्यवसायी प्रसाईंले भने मेडिकल कलेज नचलेको र व्यवसाय नभएको भन्दै कर तिर्नु नपर्ने अडान लिँदै आएका छन्।

१५ दिनसम्म पनि उनि करको दायरामा नआएको खण्डमा कानुनी कारवाहीको प्रक्रिया तर्फ लागिने आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले जानेको छ।






प्रतिक्रिया दिनुहोस