काभ्रेमा प्रथम राष्ट्रिय लेखक दिवस सम्पन्न

नौलो समाचार संवाददाता
२०८० बैशाख १६, शनिबार मा प्रकाशित ४४२ पटक पढिएको

काभ्रेमा प्रथम राष्ट्रिय लेखक दिवस सम्पन्न

बैशाख १६, काभ्रे। काभ्रेमा प्रथम राष्ट्रिय लेखक दिवस सम्पन्न भएको छ।

साहित्यकार तथा पत्रकार सूर्यप्रसाद लाकोजूको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। नेपाली लेखक एवं बुद्धिजीविहरुले वि.सं. १९८७ सालमा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यस मार्फत पुस्तकालय सञ्चालन गर्ने लक्ष्यका साथ हस्तक्षर गरी श्री ३ भीम शम्सेर समक्ष निवेदन पेश गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्नेहरूलाई दण्डित गरेको दिनको स्मरणमा पहिलो पल्ट राष्ट्रिय लेखक दिवस मनाइएको हो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सूर्य लाकोजूले साहित्यकार कुनै बादको पछि नलागि स्वतन्त्र आकासमुनि बसेर स्वतन्त्रतापूर्वक आफ्नो विचारलाई साहित्यमार्फत व्यक्त गर्नुपर्ने विचार प्रकट गर्नुभयो। चेतनाको कर्म सधैं उज्यालो हुन्छ । अक्षरको कर्मलाई कालो दखेकै कारण राण शासनको पतन भएको उहाँले बताउनुभयो। एक प्रसङ्गमा उहाँले लेखक कुनै बादको पछि नलागि स्वतन्त्र आकासमुनि बसेर स्वतन्त्रतापूर्वक आफ्नो भावना साहित्य मार्फत व्यक्त गर्नुपर्ने विचार प्रकट गर्नुभयो।

नेपाली लेखक संघ, काभ्रेले आयोजना गरेको सो कार्यक्रमका सभापति लेखक संघ काभ्रे शाखाका अध्यक्ष विजयराम कर्माचार्य हुनुहुन्थ्यो।

सोही कार्यक्रममा पनौती साहित्य समाजका अध्यक्ष सुभद्रा दहाल, सहकारीकर्मी शम्भुलाल श्रेष्ठ, अक्षरमार्गका सह सम्पादक ध्रुबकृष्ण ताम्राकार, नेवा पत्राकार राष्ट्रिय दबूका प्रदेश पार्षद सिद्धिबहादुर कर्माचार्य, हलि नेवा गुठीका सुरेस सैंजू लगायतले आ आफ्ना विचार व्यत्तः गरेका गर्नुभएको थियो। कार्यक्रममा सष्टाहरूले सिर्जना समेत वाचन गरेका थिए।


प्रतिक्रिया दिनुहोस