बनेपाको चण्डेश्वरी मन्दिरमा सशस्त्र प्रहरी बल काभ्रेद्धारा सरसफाई

नौलो समाचार संवाददाता
२०८० बैशाख १९, मंगलबार मा प्रकाशित १३६५ पटक पढिएको
बनेपाको चण्डेश्वरी मन्दिरमा सशस्त्र प्रहरी बल काभ्रेद्धारा सरसफाई

 वैशाख १९, काभ्रे। सशस्त्र प्रहरी बल काभ्रे बनेपामा रहेको चण्डेश्वरी मन्दिर सरसफाई गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेर्ड क्वार्टर काभ्रेले आफनो २१ औं स्थापना दिवसको अवसर पारेर चण्डेश्वरी मन्दिर सरसफाई गरेको हो।

सशस्त्र प्रहरीले स्थापना दिवस र चण्डेश्वरी जात्राको पुर्व सन्ध्या पारेर जात्रामा मन्दिरमा दर्शन गर्न जाने भक्तजनको भीड बढेसंगै मन्दिर आसपास सरसफाई गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेर्ड क्वार्टर काभ्रेका प्रमुख प्रहरी उपरीक्षक अच्युतकुमार मजगैयाले जानकारी दिनुभयो।

सशस्त्र प्रहरीको नेतृत्वमा उक्त सरसफाई कार्यक्रममा नेपाली सेना नेपाल प्रहरी लगायत जनप्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो। आफनो २१ औं स्थापना दिवसको अवसर पारेर सशस्त्र प्रहरीले अतिरिक्त कृयाकलाप अन्तर्गत मन्दिर सरसफाई गरिएको प्रहरी उपरीक्षक मजगैयाले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, कालिजंग गणका गणपति कर्णेल प्रकाशबहादर सिंह, जिल्ला अनुसन्धान कार्यालय काभ्रेका प्रमुख राजनविक्रम प्रजापति, बनेपा नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

काभ्रेको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ। विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ।

बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने छ।


प्रतिक्रिया दिनुहोस