मध्ये रातमा यसरी भयो सामुदायिक सहकारीमा लुटपाट, संस्था र शेयर सदस्यहरुमा आर्थिक रुपले कुनै पनि असर नपर्ने

नौलो समाचार संवाददाता
२०८० बैशाख १९, मंगलबार मा प्रकाशित ३१७२ पटक पढिएको
मध्ये रातमा यसरी भयो सामुदायिक सहकारीमा लुटपाट, संस्था र शेयर सदस्यहरुमा आर्थिक रुपले कुनै पनि असर नपर्ने

बैशाख १९, काभ्रे। पनौती नगरपालिका–४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्थाबाट गएराति ३२ लाख भन्दा बढी नगद लुटिएको छ।

टौखालमा रहेको सहकारीको मुख्य कार्यालयबाट गएराति १ बजेर २० मिनेटको समयमा सुरक्षा गार्डलाई नियन्त्रमा लिई हातखुट्टा बाधेर सहकारीमा भएको रकम लुटिएको संस्थाका कार्यकारी प्रमुख मदन बस्नेतले जानकारी दिनुभयो।

हिजो (सोमबार) सहकारी बिदा भएका कारण दिउँसो भर सहकारीमा जम्मा भएको रकम बैंकमा राख्न नभ्याएको र सो रकम सहकारीमा नै राखिएको र सोहि रात ४/५ जनाको समूह आएर पैसा राखेको सेफ भल्ट फुटाएर रकम लुटेर लागेको सीसी क्यामेराबाट पुष्टि भएको संस्थाका कार्यकारी प्रमुख बस्नेतले जानकारी दिनुभयो। घटनाको खबर पाएलगतै जिल्ला प्रहरी कार्यालय काभ्रेले तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धानका लगि खटिएको उहाँले बताउनुभयो।

घटना पश्चात सहकारीले प्रेस बिज्ञप्ति जारी गर्दै लुटेराहरुले ३२ लाख ३१ हजार ७४५ नगद लगेको उल्लेख गरेको छ। साथै उनीहरुले एक थान डीभीआर/ एनभीआर पनि लगेको सीसी क्यामेरा फुटेजमा देखिएको उहाँले जानकारी दिनुभयो।

लुटेराहरुले कार्यालय भवनको चेन गेट तोडेर अर्को ढोका फुटाएर डिउटी रहेका सुरक्षाकर्मीलाई खुकुरी देखाई चुप लाग्न लगाई हात खुट्टा बाधेर मुखमा पट्टि लगाईदिएर उक्त लुटपाट गरेको सुरक्षाकर्मीको भनाई उदृत गर्दै एक कर्मचारीले जानकारी दिए। उनीहरुले फिल्मी शैलीमा ग्यास वेल्डिंगले पैसा राखिएको सेफको लक् काटेर रकम लागेको देखिएको छ। आँखा मात्र देखिने गरी मस्क लागेका उनीहरुमध्ये २ जना अफिसको ढोकामा पहरा दिएको र ३ जनाले सेफ फुटाएको सिसि टिभीमा देखिएको बताईएको छ।

बिज्ञप्तिमा सहकारीको सम्पूर्ण नगद, भवन तथा सम्पत्ति सामानहरुको पूर्ण रुपमा विमा भएकोले यो घटनाबाट संस्था र शेयर सदस्यहरुमा आर्थिक रुपले कुनै पनि असर नपर्ने जनाईएको छ। लुटपाटबाट भएको क्षतिपूर्तिको लागि बिमा दाबीको प्रक्रिया पनि सुरु भैसकेको सहकारीले जनाएको छ।

प्रहरीको उच्च स्तरीय कुकुरसहितको टोलीले घटनास्थल जाच गरी फिंगर प्रिन्ट तथा सिसि टिभीको फुटे जहरु संकलन गरी अनुसन्धान सुरु गरेको छ।

संस्थाले घटनाका दोषी पत्ता लगाउन अनुशन्धान जारी रहेको बताउदै सहकारी क्षेत्रकै सुरक्षा चुनौतिको रुपमा देखिएको उल्लेख गर्दै केन्द्र, प्रदेश, जिल्ला स्तरका सहकारी संघहरुबाट अनुसन्धानमा आवश्यक पहल गरिदिन सामुदायिक सहकारी संस्थाले अनुरोध गरेको छ।

सामुदायिक बचत तथा ऋण सहकारी सस्थाबाट जारी प्रेस बिज्ञप्ति :

प्रतिक्रिया दिनुहोस