नयाँदिल्लीस्थित ब्रिटिस उच्च आयोगका अधिकारीहरुद्वारा नमोबुद्ध नगरको मुहान संरक्षण परियोजनाको स्थलगत अबलोकन

नौलो समाचार संवाददाता
२०८० बैशाख २०, बुधबार मा प्रकाशित २४८ पटक पढिएको

नयाँदिल्लीस्थित ब्रिटिस उच्च आयोगका अधिकारीहरुद्वारा नमोबुद्ध नगरको मुहान संरक्षण परियोजनाको स्थलगत अबलोकन

बैशाख २०, काभ्रे। नयाँदिल्लीस्थित ब्रिटिस उच्च आयोगका अधिकारीहरुले नमोबुद्ध नगरपालिकाले इसिमोडको सहयोगमा सञ्चालित परियोजना अबलोकन गरेका छन्।

उच्च आयोगका जोन वार्बटन, अर्चना शुक्ला, रचना भट्नागरसहितको टोलीले नमोबुद्ध नगरपालिका वडा नं २ मा सञ्चालित मुहान संरक्षण परियोजनाको स्थलगत अबलोकन गरेका हुन् । जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) बारे टोलीले स्थलगत जानकारी लिएको छ।

नगर प्रमुख कुनसाङ लामालाई भेटेर उनीहरुले परियोजनाका विभिन्न पाटोबारे जानकारी लिएका थिए। नगर प्रवक्ता टिकाबहादुर केसी, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिराज अर्याल, वातावरण अधिकृत सन्तोष काफ्ले लगायतले नमोबुद्धमा भइरहेका प्रयास र असल अभ्यासका बारेमा जानकारी दिनुभएको थियो।

इसिमोड र सिप्रेडको सहयोगमा नमोबुद्ध नगरपालिकाले मुहान संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । पानीका मुहान सुक्दै गएपछि नमोबुद्ध नगरपालिकाले सो क्षेत्रका विभिन्न १३ स्थानमा पोखरी खनेको थियो । आ.व २०७८÷७९ को भदौ–असोजमा खनिएका पोखरीका कारण जमिन रसाएर मुल फुटेका थिए ।

नगर प्रमुख कुनसाङ लामाले सिमित बजेटको कारण सबै क्षेत्रमा लगानी गर्न नसकेको भन्दै दातृ निकायको साथ आवस्यक रहेको बताउनुभयो । उहाँले सहकार्य गर्दै नगरपालिका पनि लगानी गर्न तयार रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस