रोशीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २०८ जना नागरिक प्रत्यक्ष लाभान्वित

नौलो समाचार संवाददाता
२०८० बैशाख २३, शनिबार मा प्रकाशित ९० पटक पढिएको
रोशीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २०८ जना नागरिक प्रत्यक्ष लाभान्वित

बैशाख ४, काभ्रे। काभ्रे जिल्लाको रोशी गाउँपालिकामा १ दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ।

रोशी गाउँपालिकाको आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा रोशी २ लक्ष्मी नारायण माध्यमिक विद्यालयमा उक्त शिविर सञ्चालन गरिएको हो।

शिविरबाट रोशी गाउँपालिका वडा नं १,२, ३ का नागरिकहरु गरी २०८ जना नागरिकहरु प्रत्यक्ष लाभान्वित प्रत्यक्ष लाभान्वित भएको आयुर्वेद स्वास्थ्य शाखाका प्रमुख सविता गौतमले जानकारी दिनुभयो। शिविरमा रोगको प्रकृति अनुसार निःशुल्क रुपमा आवश्यक आयुर्वेद औषधी पनि वितरण गरिएको छ।

गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यमा संचालन भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा रोशी १ का वडा अध्यक्ष श्रीदास लामा, रोशी २ का वडा अध्यक्ष हस्तमान लामा लगायतको उपस्थिति रहेको शाखा प्रमुख सविता गौतमले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस