बेथानचोक चलाल गणेशस्थानमा निःशुल्क आँखा शिविर

नौलो समाचार संवाददाता
२०८० बैशाख २४, आईतबार मा प्रकाशित ९९१ पटक पढिएको

बेथानचोक चलाल गणेशस्थानमा निःशुल्क आँखा शिविर

बैशाख २४, काभ्रे। बेथानचोक गाउँपालिका वडा नं. ४ चलाल गणेशस्थानमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

आँखा शिविरबाट करिब १ सय ५० जना स्थानीयले सेवा लिएका छन्।

आइतबार बेथानचोक गाउँपालिका वडा नं. ४ को आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, नेपाल स्काउट बागमती प्रदेश हेटौडा, स्थानीय स्काउट कार्यालय ललितपुर तथा रेडक्रस सोसाइटी चलाल उपशाखाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको वडा अध्यक्ष कृष्णबहादुर लामाले बताउनुभयो।

शिविरमा आएका बिरामीहरुमध्ये मोतियाबिन्दुको अपरेशन गर्नु परेमा तिलगंगा आँखा अस्पतालमा निःशुल्क अपरेशन गर्ने पनि उहाँले बताउनुभयो। शिविरबाट १० जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नु पर्ने भएको पनि उहाँले जानकारी दिनुभयो।

अपरेशन खर्च तिलगंगा आँखा प्रतिष्ठानले निःशुल्क गर्ने र बिरामीको यातायाता, खान बस्न गाउँपालिकाले गर्ने उहाँको भनाई छ। शिविरमा निःशुल्क आँखा परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको पनि वडा अध्यक्ष लामाले जानकारी दिनुभयो। शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ।

ग्रामिण भेगमा आएर सर्वसाधारणमा सेवा पु¥याएको प्रति वडा अध्यक्ष लामाले तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, नेपाल स्काउट बागमती प्रदेश हेटौडा, स्थानीय स्काउट कार्यालय ललितपुर तथा रेडक्रस सोसाइटी चलाल उपशाखालाई धन्यवाद दिँदै भावी दिनहरुमा पनि यसप्रकारको कार्यक्रमहरुमार्फत वडाबासीमा सेवा पु¥याउदै जाने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस