राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप प्रतियोगितामा पाँचखाल डोजो प्रथम

नौलो समाचार संवाददाता
२०८० बैशाख २४, आईतबार मा प्रकाशित १४५९ पटक पढिएको
राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप प्रतियोगितामा पाँचखाल डोजो प्रथम

बैशाख २४, काभ्रे। नेपाल सोतोकान कराते संघको २५ औं बार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप प्रतियोगिता २०८० समपन्न भएको छ।

पाँचखाल नगरपालिकाको जय श्रीकृष्ण पार्टी प्यालेसमा शनिवार आयोजना भएको प्रतियोगिताको पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले उद्घाटन गर्नुभएको थियो।

देश भरका बिभिन्न डोजो बाट छनौट भई आएको खेलाडी मध्ये पाचखाल डोजोे पहिलो , संस्कार गुरुकुल स्कुल डोजो भक्तपुर दोश्रो, रामेछाप डोजो तेश्रो तथा अनुशासित डोजोमा लम्जुङ्ग डोजोले सिल्ड प्राप्त गरेको थियो । उत्कृष्ट पुरुष खेलाडी तर्फ बिमल कार्की।र महिला तर्फ सम्झना माझी भएका थिए ।

बिभिन्न तौल समुहमा भएको खेलमा २० के।जी तौल समुहमा पुरुष तर्फ पहिलो निर्जल तमाङ्ग, दोश्रो आरभ हिताङ्ग साथै तेश्रोमा सुयोग के।सि र अनमोल श्रेष्ठ, महिला तर्फ पहिलो रितिशा पौडेल, दोश्रो सबिना तमाङ्ग साथै तेश्रोमा सिमित तमाङ्ग र अस्मिता तमाङ्ग, २५ के.जी र्तौल समुहमा पुरुष तर्फ पहिलो सुक्षम श्रेष्ठ, दोश्रो आयुष चौधरी साथै तेश्रोमा संगम रानामगर र रोशन रम्तेल, महिला तर्फ पहिलो प्रार्थना बज्रचार्य, दोश्रो सोमिया तमाङ्ग साथै तेश्रोमा जेनिया तमाङ्ग र परीप्सा बस्नेत, ३० के।जी र्तौल समुहमा पुरुष तर्फ पहिलो सुजन तमाङ्ग, दोश्रो सुबास लामा साथै तेश्रोमा सुसान्त श्रेष्ठ र एलेक्स तमाङ्ग, महिला तर्फ पहिलो रिस्मा लामा, दोश्रो सुदिक्षा हमाल साथै तेश्रोमा राशिका ढुङ्गाना र जेनिशा मगर, ३५ के.जी र्तौल समुहमा पुरुष तर्फ पहिलो सायाङ्ग लामा, दोश्रो प्रदिप श्रेष्ठ साथै तेश्रोमा अनिश श्रेष्ठ र क्रिसिस श्रेष्ठ, महिला तर्फ पहिलो पलिस्ठा बर्जाचाय, दोश्रो दिपसना साथै तेश्रोमा उत्सबी श्रेष्ठ र सदिक्षा थापा, ४० के.जी र्तौल समुहमा पुरुष तर्फ पहिलो आवाज लामा, दोश्रो बिशाल मगर साथै तेश्रोमा किरण माझी र रेनिज राजबाहक, महिला तर्फ पहिलो झरना के.सी, दोश्रो नेहा तमाङ्ग साथै तेश्रोमा सपना तमाङ्ग र मनिषा तमाङ्ग, ४५ के.जी र्तौल समुहमा पुरुष तर्फ पहिलो आयुष तमाङ्ग, दोश्रो युगेश चौलागाई साथै तेश्रोमा सुजित लामा र रबिन चन्द, महिला तर्फ पहिलो बर्षा के.सी, दोश्रो प्रबिना सुबेदी साथै तेश्रोमा संगीता तमाङ्ग र युनिका बादे, ५० के.जी र्तौल समुहमा पुरुष तर्फ पहिलो करुण थापा, दोश्रो बिश्वास तमाङ्ग साथै तेश्रोमा श्रृजन मगर र सम्यम कार्की, महिला तर्फ पहिलो चाहना रानामगर, दोश्रो मनिषा लामा साथै तेश्रोमा प्रमिला तमाङ्ग र प्रकृति, ५५ के.जी र्तौल समुहमा पुरुष तर्फ पहिलो ब्यजामिन तमाङ्ग, दोश्रो बिशाल तमाङ्ग साथै तेश्रोमा सबिन मगर र युबराज नेपाली, महिला तर्फ पहिलो सन्जना माझी, दोश्रो भुमिका श्रेष्ठ साथै तेश्रोमा प्रिजीना र पुजा तमाङ्ग, ६० के.जी र्तौल समुहमा पुरुष तर्फ पहिलो बिमल कार्की, दोश्रो सन्तोष दास साथै तेश्रोमा प्रबेश तमाङ्ग र कृष महत, महिला तर्फ पहिलो सृष्टि बि.के, दोश्रो परिसा तन्डुकार साथै तेश्रोमा प्रिस्टी श्रेष्ट र तक्षिमा दाहाल, ६५ के.जी र्तौल समुहमा पुरुष तर्फ पहिलो होम बहादुर श्रेष्ठ, दोश्रो मनिष तमाङ्ग साथै तेश्रोमा ललित बोहरा र अनमोल बराल, खुल्ला र्तौल समुहमा पुरुष तर्फ पहिलो निशान तमाङ्ग, दोश्रो प्रबिन तमाङ्ग साथै तेश्रोमा रोशन डङ्गोल र आशिष नेपाल, महिला तर्फ पहिलो श्रेया जोशी, दोश्रो गरिमा पाण्डे साथै तेश्रोमा दिक्षा र प्रकृति कारजितले प्राप्त गरेका थिए ।

खेलको मुख्य आकर्षण नेपाल सोतोकान करातेका केन्द्रिय सदस्य, करातेका राष्ट्रिय रेफ्री साथै नेपाली फिल्म जगतको सफल नायक प्रमोद दिपले प्रदर्शन गरेका थिए । उनले छाती माथी थपनी ढुङ्गाहरु राखेर फुटाउने त्यस्तै शरीरमा १ सय भन्दा बढी सियो घोपेका थिए । दिपको साहसिक कार्यबाट हलमा उपस्थित सबैजनाले बधाई तथा शुभकामना दिएका थिए ।

संघको सस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठको साभापतित्वमा सम्पन्न कार्यक्रममा पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल, नगर प्रबक्ता एवं ८ नं वडाका वडा अध्यक्ष तथा खेल संयोजक सन्जय तमाङ्ग, नेपाल कराते महासंघका सचिब ध्वजमान मोक्तान, नेपाल कराते महासघंको सदस्य हिक्मत थपलिया र सघंको कोषाध्यक्ष राम कुमार कायस्थले खेलको महत्व तथा भबिष्यमा खेल जगतमा गर्नु पर्ने बिकासको बारेमा चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस