खडेरी पछिको वर्षाले रोशीमा क्षति, केहि गाडी पुरिए, चिउरिबासमा घर बगायो, अन्नबालीमा क्षति

नौलो समाचार संवाददाता
२०८० जेष्ठ १, सोमबार मा प्रकाशित १४१६ पटक पढिएको
खडेरी पछिको वर्षाले रोशीमा क्षति, केहि गाडी पुरिए, चिउरिबासमा घर बगायो, अन्नबालीमा क्षति

जेठ १, काभ्रे। बैशाख ३१ गते आइतबार साँझ परेको अविरल वर्षाका कारण रोशी गाउँपालिकाको केहि ठाउँमा क्षति पुर्याएको छ।

लामो समयपछी आएको असिनासहितको ठुलो वर्षाका कारण यातायात अवरुद्ध हुनुका साथै अन्नबालीसहित धनसम्पत्तिको क्षति भएको हो।

रोशी गाउँपालिका कालढुंगामा खहरे खोलामा आएको लेदोले ४ वटा गाडी पुरिएको छ। जसमध्ये एउटा सवारीसाधन डोजरको सहायताले निकालिएको छ भने अन्य निकाल्ने प्रयास भैरहेको ईलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

लेदोले पुरिएको २ वटा माइक्रो बस र २ वटा जिपमा कुनै मानवीय क्षति भने हुन पाएँन।

यस्तै, रोशी गाउँपालिका कै वडा नं ९ को चिउरिबासमा क्षेत्र बहादुर लामाको घर लेदोले पुरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार लामाको घरमा भएका २ वटा खसी, ३ वटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएको छ। यहाँ पनि मानवीय क्षति हुन पाएँन।

कालढुंगामा सडक माथिबाट आएको लेदोले अवरुद्ध बीपी राजमार्ग अहिले सुचारु भएको छ।


प्रतिक्रिया दिनुहोस