काभ्रे बनेपाका मुकेश कायस्थलाई सरकारले शहीद घोषणा गर्यो

नौलो समाचार संवाददाता
२०८० जेष्ठ २, मंगलबार मा प्रकाशित १२०२ पटक पढिएको

काभ्रे बनेपाका मुकेश कायस्थलाई सरकारले शहीद घोषणा गर्यो

जेठ २, काठमाडौं। काभ्रे बनेपाका मुकेश कायस्थलाई सरकारले शहीद घोषणा गरेको छ।

सरकारले जनआन्दोलनमा घाइते भएर गएको वैशाख २७ गते बुधवार निधन भएका मुकेश कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।

आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

२०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते हुनुभएको थियो। गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा पर्नुभएको थियो।

मुकेश केहि दिनदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो।

निरन्तरको स्याहार र उपचारपछि देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका मुकेश २०७५ असारमा अचानक बिरामी परेपछि पुरानै अर्धचेत अवस्थामा पुग्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस