जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने सकारको घोषणा

नौलो समाचार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार मा प्रकाशित ८२४ पटक पढिएको
जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने सकारको घोषणा

जेठ ५, काठमाडौँ। आगामी वर्षदेखि सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउने घोषणा गरेका हुन्।

सरकारले जग्गा किनबेचलाई पारदर्शी बनाउन भन्दै ‘जैविक जग्गा मूल्यांकन प्रणाली’ लागू गर्ने घोषणा गरेको छ ।

उनले जग्गाको कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने तथा लिजमा उपलब्ध गराइएका जग्गाको प्रयोग उद्देश्यअनुसरुप प्रयोग भए/नभएको समेत अनुगमन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस