हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना चलाउने घोषणा

नौलो समाचार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार मा प्रकाशित १०३८ पटक पढिएको

हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना चलाउने घोषणा

जेठ ५, काठमाडौँ। सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द रहेका ३ उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन, खारेजी र एकीकरण वा आवस्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्ने र बन्द तीन उद्योग सञ्चालन गर्ने बताउनुभयो।

उनले हेटौँडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने सदनमा जानकारी गराउनुभयो।


प्रतिक्रिया दिनुहोस