बनेपाको एक गेष्ट हाउसमा यौनधन्दा, संचालक सहित २ जना पक्राउ

नौलो समाचार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार मा प्रकाशित १६९४ पटक पढिएको
बनेपाको एक गेष्ट हाउसमा यौनधन्दा, संचालक सहित २ जना पक्राउ

जेठ ५, काभ्रे। काभ्रेको बनेपा नगरपालिका वडा नं. १० पुलबजारमा रहेको एक गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

बनेपा पुलबजारमा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा बेश्याबृत्ति यौनधन्दा भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा बिहिबार साँझ ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर जिल्ल्ला बागती गाउँपालिका वडा नं. ७ स्थायी घर भई बनेपामा गेष्ट हाउस सञ्चालन गरेर बस्ने ४२ वर्षका लालमान तितुङ र काभ्रेको चौरीदेउराली गाउँपालिका लामाटोल घर भई खाजा घरमा काम गर्ने वर्ष २० का श्याम लामा छन्।

प्रहरीले गेष्ट हाउसबाट ५ जना नाबालिका र किशोरीको उद्धार गरेको पनि जनाएको छ।

उद्धार गरिएका किशोरीहरुले होटलका संचालकहरुले ललाइफकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकहरूसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको बताएका प्रहरीले जनाएको छ।

पक्राउ परेका गेष्ट हाउस सञ्चालकहरुलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिई जिल्ला अदालत धुलिखेलबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस