रोशी गाउँपालिकाले गर्यो आफ्नो कार्यकालको पहिलो वर्षको समिक्षा, यस्तो छ, प्रतिबद्धता र कार्यन्वयन..

नौलो समाचार संवाददाता
२०८० जेष्ठ १०, बुधबार मा प्रकाशित १८५१ पटक पढिएको

रोशी गाउँपालिकाले गर्यो आफ्नो कार्यकालको पहिलो वर्षको समिक्षा, यस्तो छ, प्रतिबद्धता र कार्यन्वयन..

जेठ १०, काभ्रे। रोशी गाउँपालिकाले आफ्नो कार्यकालको पहिलो एक वर्षको समिक्षा कार्यक्रमको आयोजना गरेको छ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आफुहरु निवाचित भएर २०७९ जेठ ९ गते सपथ ग्रहण गरेसंगै जनतामाझ गरेका प्रतिबद्धता र कार्यन्वयनका बारेमा समिक्षा गर्नुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनबहादुर वाइबाले स्वागत मन्तब्य राख्नु भएको थियो। भने कार्यक्रममा पालिकाका विभिन्न वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो।

अध्यक्ष लामाले आफुहरुको प्रतिबद्धता अनुरुप रोशी गाउँपालिकाको १२ वटै वडाबाट ६० वर्ष नाघेका करिव १ हजार पाँच सय नागरिकको नि:शुल्क स्वस्थ्य बीमा गरिसकिएको उल्लेख गर्नुभयो।

यस्तै उहाँले संस्थागत सुशासन तर्फ आर्थिक वर्ष २०७९/८० मा ३ वटा कार्यविधि, २ वटा मापदण्ड, १ वटा निर्देशिका र १ वटा रणनीति पारित गरि कार्वान्वयनमा ल्याईएको, गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण बमोजिम कर्मचारी पदपूर्तिको व्यवस्था मिलाइएको, क्षमता विकास कार्यक्रम अन्तर्गत सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि तालिम, १२ वटै वडा कार्यालय, १५ वटा स्वास्थ्य संस्था र १६ वटा माध्यमिक विद्यालयहरुमा फाईबर नेटको पहुच पुर्याईएको, १२ वटै वडा कार्यालयहरुबाट अनलाईन राजस्व संकलन कार्यको थालनी, गाउँपालिकाबाट हुने सबै भुक्तानी EFT (Electronic Fund Transfer) प्रणाली मार्फत गर्ने गरिएको, सामाजिक सुरक्षा भत्ता बैंकिङ सेवा मार्फत वितरणको थालनी, गाउँपालिकालाई शुन्य बेरुजु बनाउने अभियानको थालनी, गाउँपालिकाबाट भए गरेका काम कारवाहीको प्रभावकारिताको लागि सार्वजनिक सुनुवाई र सामाजिक परिक्षण गर्ने कारको थालनी गरिएको बताउनुभयो।

सामाजिक विकास तर्फ

खहरेपाँगु, कटुञ्जेबेशी र मंगलटारमा एक दिने निःशुल्क आँखा परिक्षण तथा उपचार शिविर संचालन, रोशी गाउँपालिका अन्तर्गत संचालित विद्यालयहरुमा मातृभाषा शिक्षा (तामाङ) सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ४३ जनाको सहभागीतामा संचालन गरीएको, विद्यालयहरुमा संचालित विभिन्न परीक्षा, कार्यक्रम तथा योजनाहरुको अनुगमन तथा सुपरीवेक्षण गरिएको, गाउँपालिका अन्तर्गत क्षेत्रगत रुपमा नियमित मासिक प्र।अ। बैठक संचालन भइरहेको, रोशी गाउँपालिका तथा अन्य पालिकाहरुकोगरी जम्मा २१ वटा क्लवको सहभागीतामा अन्तरपालिका स्तरीय रोशी कप फुटबल प्रतियोगिता सम्पन्न भएको, गाउँपलिका अन्तर्गतका ६९ विद्यालयहरुका विद्यार्थीहरुको सहभागीतामा तहगत रुपमा क्षेत्रगत अतिरिक्त क्रियाकलाप संचालन गरीएको, रोशी गाउँपालिका अन्तर्गत संचालित ११ वटा माध्यमिक विद्यालयहरुको सहभागीतामा २९ वटा विधामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको, गाउँपालिकाको शिक्षा नीतिको प्रारम्भिक मस्यौदा तयार भएको,  खेलकुदको माध्यमबाट युवाहरुमा समाजप्रति सकारात्मक सन्देश प्रवाह गर्दै भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले गाउँपालिका र (international karate organization) संगको सहकार्यमा अन्तर वडा स्तरीय तेक्वान्दो प्रतियोगिता सञ्चालन भएको, नेपाल आदिवासी जनजाति पत्रकार महासँघको समन्वयमा जिल्लामा रहेका जनजाति पत्रकारहरुको क्षमता विकासका लागि सूचना¸ प्रविधि¸ संचार तथा पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गरिएको, आय आर्जनसँग सम्बन्धित क्रियाकलाप मार्फत दलितहरुको आर्थिक उन्नतीमा टेवा पुर्याउने उद्देश्यले यस बर्ष वडा नं १¸ ७ र ११ गरी ३ वटा वडाका १२३ जना दलितहरुलाई उन्नत जातको बाख्रा तथा सिलाई मेशिन सुधारिएको आरन वितरण गरिएको, महिलाको लागि विभिन्न सिपमुलक तालिम दिइएको, महिलाहरुको आङ खस्ने तथा पाठेघर मुखको क्यान्सर परिक्षण सम्बन्धी शिविर ( रोशी ७ रोशी मा.वि. र रोशी १ रोशी अस्थाई अस्पातालमा सञ्चालन भएको जसमा ९४ जना महिलाले लाभ लिएको अध्यक्ष लामाले उल्लेख गर्नुभयो।

आर्थिक विकास तर्फ 
० वडा नं. १ देखि १२ सम्म प्रत्येक वडामा एक दिने ूश्रमको सम्मान, राष्ट्रको अभियानू बारे अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी ४०० जना लाभान्वित भएको।
०EMIS मा आगामी आ.व.को लागि जम्मा ९९० जना बेरोजगार व्यक्तिको आवेदन दर्ता गरिएको ।
० चालु आ.व.मा काम गर्ने गरी सुचिकृत बेरोजगार – ५३९ जना
० जम्मा रोजगारीमा संलग्न बेरोजगार – ७४ जना
० सामाजिक परिचालन अन्तर्गतको सहभागितामुलक ग्रामीण लेखाजोखा कार्यक्रममा ७४ जना सहभागीहरुको घरधुरी सर्वेक्षण गरी फारम भरिएको ।
० ६८ जना सहभागिहरुलाई उद्यमशिलता विकास तालिम संञ्चालन गरिएको ।
० नयाँ लघु उद्यमी सृजना तर्फ २२ जना सहभागीहरुलाई वडा नं। १० मा वेसिक सिलाई कटाई तालिम संञ्चालन भइरहेको ।
० स्तरोन्नति तर्फ ७ जना पुरानो लघु उद्यमीहरुलाई २ महिने एड्भान्स व्यूटि पार्लर तालिम संञ्चालन
भइरहेको ।
० गाउँपालिकाको सबै वडाका विपन्न वर्ग, पिछडीएकाजाति, एकल महिला तथा भूमिहिन १४०० जना कृषकहरुको पोषण तथा खाद्य सुरक्षाका लागि बिभिन्न तरकारीका १४०० पाकेट मिनीकीट वितरण गरिएको ।
० कृषक हरुको चाहना र आवश्यकता अनुसार प्रत्येक वडाबाट २ जनाको दरले २४ जनाको उपस्थितीमा माहुरी पालन कृषक तालिम सम्पन्न गरिएको ।
० वडा नं.८, ९, १०, ११ र १२ वडामा गणकहरुबाट किसान सूचीकरण कार्य शुरु भएको र हालसम्म २७५ जनाको तथ्याङ्क संकलन भएको ।
० कृषि तथा जडीबुटी खेति प्रबर्द्धनका लागि ४ जना कृषक लाई कुरिलो खेति गर्न अनुदान सहयोग प्रदान गरीएको ।
०जैबिक तरकारी उत्पादन कार्यक्रम अन्तर्गत भकारो सुधार तथा मुत्रसंकलन गर्न २६ जना कृषक लाई तालिम तथा ४ जना कृषक लाई भकारो सुधार गरी जैविक तरकारी उत्पादनमा अनुदान सहयोग वितरण गरिएको ।
० फलफूल बगैचा प्रवर्द्धन कार्यक्रम (ड्रागनफ्रुट, किवि, कागती, एभोकार्डो) बारे २०जना कृषकलाई तालिम तथा ४ जनालाई अनुदान सहयोग गरिएको ।
० साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम तरकारी पकेट निरन्तरतामा ९६ जना कृषक तथा नयाँ तरकारी पकेटमा ९० जना कृषक लाई सिप विकास तथा अनुदान सहयोग वितरण
० ४७३ जना कृषकहरुलाई आधुनिक तरकारी तथा फलफूल खेतीका प्रविधिहरु सम्बन्धि तालिमप्रदान गरिएको ।
० ४ वटा कृषि सहकारीर समूहलाई ६ वटा मिनीटेलर , ८ वटा कृषि सहकारी समूह र फार्मलाई ८ वटा मकै छोडाउने मेशिन ५०५ अनुदानमा वितरण गरीएको ।
० ३४ जना कृषकहरुलाई विभिन्न कृषि फर्म तथा अनुशन्धान केन्द्रहरुमा नविनतक कृषि प्रविधिहरुको अवलोकन तथा अध्ययन गरी कृषक समूह क्षमता अभिबृद्धि कार्यक्रम (तालिम तथा भ्रमण) संचालन गरीएको।
० १४० रोपनी जग्गामा उन्नत (रामपुर कम्पोजित) जातकोमकै बीउ उत्पादन कार्यक्रममा २८ जना कृषकलाई तालिम तथा बीउ अनुदान दिईएको।
० १० जना नयाँ कृषि ब्यवसाय कृषक गरी जम्मा ४४ जना कृषकलाई विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि बाट रु. ६३,५०,०००।( ब्याज अनुदानको लागि सिफारीस गरिएको ।
० १६ वटा मल विक्रेता सहकारीबाट (कृषि सामाग्री कम्पनी २४७७ वोरा युरीया र ६६० बोरा डिएपी तथा साल्ट ट्रेडिङ कर्पोरेशनबाट १००० बोरा युरीया र ४०० बोरा डिएपी) ३५७७ बोरा युरीया १०६० बोरा डीएपी रासायनिक मल वितरणको लागि सहजिकरण गरीएको ।
० १४७ वटा कृषि फार्म सूचीकरण तथा ११वटा कृषि समूह दर्ता गरी कृषि प्रसारको पद्धती अनुशरण गरीएको ।

पूर्बाधार विकास
० गाउँपालिकाको गौरबको आयोजनाको रुपमा रहेको डम्फु जिवन्त संग्रहालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
० रोशी गाउँपालिका र केन्द्र सरकारको समपुरक आयोजना अन्तर्गत चौकीडाँडा खहरेपाँगु सडकको ५०० मिटर बाटो कालोपत्रे हुने कार्य सम्पन्न भएको र ३ कि।मि बाटो स्तरउन्नती गरीएको छ।
भौतिक प्रगति ७५%
वित्तिय प्रगति ६०%
० बि.पि राजमार्ग देखि गाउँपालिका प्रशासकीय भवनसम्मको ४१० मिटर बाटो कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको ।
भौतिक प्रगति ७५%
वित्तिय प्रगति ६०%
० गाउँपालिकाको प्रशासकीय भवन आगामी आ।ब भित्र सम्पन्न हुने गरी द्रुत गतिमा निर्माण कार्य भईरहेको छ ।
भौतिक प्रगति ५४%
वित्तिय प्रगति ५४%
० गाउँपालिका स्तरीय औद्योगीक ग्रामको प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भएको तथा सो स्थानमा उद्योग ब्यबसाय संचालन गर्नको लागि सूचना आव्हान समेत गरिसकिएको ।
० रोशी गाउँपालिकाको पर्यटकीय गन्तब्यको रुपमा रहेको तीन धारे झरना संरक्षण र पहुँच मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
भौतिक प्रगति ६०%
वित्तिय प्रगति ४९%
० गाउँपालिका स्तरीय १० शैया अस्पताल निर्माणको कार्य अन्तिम चरणमा रहेको।
भौतिक प्रगति: ६५%
वित्तिय प्रगति: ४९%
० रोशी गाउँपालिका र प्रदेश सरकारको समपुरक आयोजना अन्तर्गत देहायका आयोजनाहरु संचालित रहेका छन् ।
बरपिपल किम्बे मस्राङ्गी सडक
सम्झौता रकम १,२३,१६,०६६.६१
वित्तिय प्रगति २२.८८%
भौतिक प्रगति २५%
०पोटादोभान सिपाली बनखु सडक
सम्झौता रकमस् ९७,५६, ९३४.७४
वित्तिय प्रगतिस् ९७.३३%
भौतिक प्रगतिस् ९७.३३%
० माम्ति हर्कपुर घ्याङडाँडा अन्तरपालिका सडक
सम्झौता रकम ९८,४६,११७.९३
वित्तिय प्रगति ३३.५४%
भौतिक प्रगति ४५%
० प्रदेश सरकारबाट विनियोजित विशेष अनुदानको रुपमा संचालित योजना
० सनिखोला लिफ्ट खानेपानी आयोजना
सम्झौता रकम: ६०,२९,५४१.२३
भौतिक प्रगति: १०%

० चालु आ।व।को बैशाख महिना सम्ममा सम्झौता भएका निर्माणसँग सम्बन्धित ३१० वटा योजनाहरु मध्ये सडक ९९ वटा¸ खानेपानी २० वटा¸ सामुदायिक भवन १२ वटा¸ सिंचाई १३ वटा¸ लघु जलविद्युत २ वटा¸ भू(संरक्षण २० वटा¸ पाटीरपौवारमन्दिररगुम्बा ४५ वटा र अन्य २८ गरी जम्मा २३९ वटा सम्पन्न भई सकेको¸७१ वटा योजनाहरु सञ्चालन भईरहेको छ ।
वन वातावरण तथा विपद् ब्यबस्थापन
० गाउँपालिका भित्र विपदमा परेका जनताहरुलाई नगद तथा जिन्सी सामाग्री राहत स्वरुप वितरण गरीएको र उद्धार कार्य गरिएको ।
० विपद प्रतिकार्यको लागि गाउँपालिकामा न्युनतम सामाग्रीहरु मौज्दात राखिएको छ ।
० विपद ब्यबस्थापनको लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी अगाडी बढीएको छ ।
० आपतकालिन रुपमा आउनसक्ने विपद् ब्यबस्थापनको लागि गाउँपालिकामा विपद् ब्यबस्थापन कोषको ब्यबस्था गरीएको छ ।
न्याय सम्पादनः
० आ.व. ०७९र०८० को उजुरी दर्ता संख्या ( १५, मिलापत्र संख्या ( ५, फैसला संख्या ( ० तथा उजुरी फर्छौट संख्या ( १४ रहेको छ ।
० न्यायीक समितिको बैठक संख्या ( २१ रहेको छ ।
० ३३ जना मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि आधारभुत तालिम र ४० जना मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि पुनःताजकी तालिम संचालन गरीएको छ ।
० वडा नं ४ मा मेलमिलाप सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरीयो ।
समस्या तथा चुनौतीहरु
० समानिकरण अनुदानमा कटौति भई भुक्तानीमा कठीनाई भएको ।
० नागरीकको असिमित आवश्यक्ता र अपेक्षा पुरा गर्न पर्याप्त स्रोत साधनको अभाव रहेको ।
० पालिकाको अधिकांश भूगोल ९करिब ६५५० भिरालो तथा जटील भू(धरातलको कारण पूर्वाधार विकास अपेक्षाकृत रुपमा हुन नसकेको ।
० ज्याला मात्रैको प्रावधानको कारण उत्पादनशील रोजगारी र उपयोगी पूर्वाधारको विषय गौण बनेको ।
० कृषकले उत्पादन गरेका कृषि उपजहरुको बजार व्यवस्थापनमा समस्या ।
० गाउँ बस्तीमा युवा पुस्ता पलायन हुने क्रम नरोकिनु ।
० भौगोलिक जटिलतालाई अवसरको रुपमा लिन नसक्नु ।
० गाउँपालिकामा न्यून जनशक्ति तथा गाउँपालिकाको भौगोलिक बनावटका कारण नियमित रुपमा अनुगमन तथा नियमनमा समस्या रहेको ।
० संघीय सशर्त अनुदानका कार्यक्रमहरुको निकासा समयमा नै पर्याप्त नहुनाले निकासा गर्न कठिन भएको
० Emis लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याई शिक्षक तथा कर्मचारीको तलबभत्ता क्यातधबचभ मा समावेश गरी कार्यान्वयनमा ल्याउन नसकिएको ।
० दैनिक निर्वाध रुपमा टिपरचल्ने व्यवस्था नभएको कारण गाउँपालिकाको आन्तरिक श्रोतको रुपमा रहेको ढुङ्गा गिट्टी निकासी गर्न समस्या भएको ।
० NTC, Nclle लगायतका दूरसञ्चार टावरको समस्याले फोन नलाग्ने भई सम्पर्कमा समस्या हुने गरेको ।
० बोधिचित्त माला व्यवसाय पूर्ण रुपमा व्यवस्थित गर्ने नसकेको गाउँपालिका अध्यक्ष दिनेश लामाले उल्लेख गर्नुभयो

कार्यक्रम संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस