नमोबुद्धका जनप्रतिनिधीले गरेका कामका बारेमा विपक्षीले पनि विरोध गरेको सुनिएन: जिसस प्रमुख गौतम

नमोबुद्ध नगरको बजार क्षेत्रमा नि:शुल्क वाइफाइ
नौलो समाचार संवाददाता
२०८० जेष्ठ ११, बिहिबार मा प्रकाशित २२०१ पटक पढिएको

नमोबुद्धका जनप्रतिनिधीले गरेका कामका बारेमा विपक्षीले पनि विरोध गरेको सुनिएन: जिसस प्रमुख गौतम

जेठ ११, काभ्रे। नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधीले १ बर्षमा गरेको काम र कार्यशैलीकको जिल्ला समन्वय समिति, राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवालाले प्रशंसा गरेका छन्।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधीले जनताको सेवामा विताएको १ बर्षको अवधीको काम सार्वजनिक गर्न आयोजित कार्यक्रमका वक्ताहरुले नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधीले १ बर्षको अवधीमा गरेको काम र प्रयास सह्रानीय भएको प्रतिकृया दिए।

जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले नमोबुद्धमा जनप्रतिनिधीले गरेका कामका बारेमा विपक्षीले पनि विरोध गरेको नसुनिएको प्रतिकृया दिनुभयो। ‘नमोबुद्ध नगरमा हुने कार्यक्रममा देखिने उपस्थिती, समर्थन देख्दा यहाँका जनप्रतिनिधीले गर्नुभएको काम र कार्यशैली प्रष्ट देखिन्छ, यहाँका काम र कार्यशैलीका बारेमा विपक्षीले पनि विरोध गरेको सुनिएन,’ प्रमुख दिपक गौतमले भन्नुभयो, ‘एक बर्ष अघि आजकै दिन नगर प्रमुख कुन्साङ लामा, उपप्रमुख रत्नबहादुर लामा लगायत जनप्रतिनिधीलाई पेश्की बधाई दिएको थिए, १ बर्षको अवधीमा गरेका काम देख्दा र सुन्दा त्यो पेश्की फच्र्यौट भयो। ’ जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले नमोबुद्ध नगरपालिकाको कार्यशैलीबाट सबैले सिक्नुपर्ने प्रतिकृया दिनुभयो।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले सुशासन र पारदर्शितामा नमोबुद्धले जोड दिएको पाइएको भन्दै सामाजिक विकासको क्षेत्रमा अन्य स्थानीय तहको भन्दा बढी समन्वय नमोबुद्धले गरेको भन्दै प्रशंसा गर्नुभयो।

नेकपा एमाले नमोबुद्धका अध्यक्ष कृष्णप्रसाद खनालले हालको नेतृत्वले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। ‘नराम्रो गरेका भए त हामी नराम्रो नै भन्थ्यौ, तर अहिलेको नेतृत्वले राम्रो काम गरेको छ,’ उहाँले भन्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति पुष्कर न्यौपानेले कृषक लक्षित कार्यक्रम ल्याउन नगरलाई अनुरोध गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष नवराज सत्यालले वर्तमान नेतृत्वले पारदर्शितामा जोड दिदै राम्रो काम गरिरहेको पाएको प्रतिकृया दिनुभयो।

कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरी सुशासनयुक्त नगरको परिकल्पना सहित कृषि, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन, जेष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशीलताका साथै भौतिक पूर्वाधार विकासको कार्यहरु अघि बढाएको बताउनुभयो। हरेक योजना र कार्यक्रमलाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार प्रवद्र्धन र आय बृद्धिसंग जोड्दै वितरणमुखी भन्दा उत्पादनमुखी कार्यक्रम संचालन गरिरहेको भन्दै उहाँले आहतमा परेका नगरवासीलाई राहत हुनेगरी राहत, रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा विशेष जोड दिएका बताउनुभयो।
उपप्रमुख रत्नबहादुर लामाले एक बर्षमा जनताको सेवा र हितको लागि अधिकतम प्रयास गरिएको भन्दै केही कमजोरी भए सच्याउदै लैजाने प्रतिकृया दिनुभयो।

प्रवक्ता टिकाबहादुर केसीले १ बर्षको अवधीमा जनताले अनुभूती हुने काम गरेको प्रतिकृया दिनुभयो। वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न प्रकृया अघि बढाइसकेको प्रतिकृया दिनुभयो। निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिराज अर्यालले पु“जीगत खर्च बृछि गर्दै विकासमा योगदान गर्न लागिएको बताउनुभयो।

एक बर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा जनप्रतिनिधीका अलावा नगर भरका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विद्यालय, स्वास्थ्य संस्थाका प्रमुख, प्रतिनिधीको सहभागिता थियो।

बजार क्षेत्रमा निशुल्क वाइफाइ
नमोबुद्ध नगरपालिकाको बजार क्षेत्रमा नि:शुल्क इन्टरनेटको व्यवस्था गरिएको छ। वल्र्ड लिकं कम्युनिकेशन्ससंगको सहकार्यमा नमोबुद्ध नगरपालिकाले वी.पी. राजमार्गको नौबिसे चोक, भकुण्डे बजार देखि बुच्चाकोट सम्मका ६ स्थानमा फ्रि वाइफाइको व्यवस्था गरिएको हो । जनप्रतिनिधी निर्वाचित भएको १ बर्ष पुगेको उपलक्ष्यमा सो घोषणा गरिएको हो ।

बिहिबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, नगर प्रमुख कुनसाङ लामा र वल्र्ड लिंकका बागमती प्रदेश म्यानेजर निकेश अधिकारीले सेवा शुभारम्भ गर्नुभएको हो। नमोबुद्ध देखि काक्रे बजार सम्मको क्षेत्रमा पनि छिट्टै व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस