बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो, अब कुन रुटमा कति तिर्नुपर्छ? (सूचीसहित)

नौलो समाचार संवाददाता
२०८० जेष्ठ १२, शुक्रबार मा प्रकाशित १६३१ पटक पढिएको
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो, अब कुन रुटमा कति तिर्नुपर्छ? (सूचीसहित)

जेठ १२, हेटौडा। बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय राजपत्रमा बिहीबार प्रकाशित भएसँगै भाडा घटेको हो।

काठमाडौं उपत्यकाबाहिर प्रदेशभित्रको लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा ४.१८ प्रतिशतले घटाइएको छ। प्रदेशभित्र चल्ने महालवाहक गाडीको भाडा ५.६९ प्रतिशतले घटेको छ।

नयाँ भाडादर समयोजनपछी काठमाडौंबाट धुलिखेल तथा पनौती पुग्न ८९ रुपैंया लाग्ने छ। यस्तै, काठमाडौंबाट पलान्चोक भगवती पुग्न १८४ रुपैंया तिर्नुपर्ने हुन्छ।

थप विवरण यो तलको लिस्ट (तालिका)मा हेर्न सक्नुहुन्छ।

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडा ५.९ प्रतिशतले घटेको छ। अब उपत्यकामा न्यूनतम भाडा १९ रुपैयाँ हुनेछ। यसअघि न्यूनतम २० रुपैयाँ भाडा तिर्नुपर्थ्यो।

यसैगरी उपत्यकाभित्र १० किलोमिटरसम्मको भाडा २७ रुपैयाँबाट घटेर २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँबाट घटेर ३० रुपैयाँ, १५ किलोमिटरसम्म ३५ रुपैयाँबाट घटेर ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको दूरीमा ४० रुपैयाँबाट घटेर ३८ रुपैयाँ भाडा कायम भएको छ।

इन्धनको मूल्य ५ प्रतिशतसम्म घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो।

प्रतिक्रिया दिनुहोस