काभ्रे जिल्लाको कुन पालिकालाई कति बजेट? हेर्नुस…

नौलो समाचार संवाददाता
२०८० जेष्ठ १६, मंगलबार मा प्रकाशित ३९९० पटक पढिएको
काभ्रे जिल्लाको कुन पालिकालाई कति बजेट? हेर्नुस…

जेठ १६, काभ्रे। आर्थिक वर्ष २०८०/८१ को लागि काभ्रे जिल्लामा ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ।

काभ्रेका १३ वटा स्थानीय तहका लागि उक्त रकम छुट्टयाइएको हो।

जेठ १५ सोमबार गते संघीय संसदका दुवै सदनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गर्नुभएको बजेटमा काभ्रे जिल्लाको लागि उक्त बजेट विनियोजन भएको हो।

जिल्लामा रहेको ६ वटा नगरपालिकाको लागि २ अर्ब ७६ करोड २७ लाख रुपैयाँ र ७ वटा गाउँपालिकाका लागि २ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

कुन पालिकामा कति बजेट ?
१. धुलिखेल नगरपालिका ४५ करोड ७५ लाख रुपैयाँ
२. नमोबुद्ध नगरपालिका ४२ करोड ५० लाख रुपैयाँ
३. पनौती नगरपालिका ५० करोड ९३ लाख रुपैयाँ
४. पाँचखाल नगरपालिका ४१ करोड ६९ लाख रुपैयाँ
५. बनेपा नगरपालिका ५४ करोड ५९ लाख रुपैयाँ
६. मण्डनदेउपुर नगरपपालिका ४० करोड ८१ लाख रुपैयाँ
७. खानीखोला गाउँपालिका २६ करोड २३ लाख रुपैयाँ
८. चौंरीदेउराली गाउँपालिका ३८ करोड २ हजार रुपैयाँ
९. तेमाल गाउँपालिका ३२ करोड ५ हजार रुपैयाँ
१०. बेथानचोक गाउँपालिका २९ करोड ९८ लाख रुपैयाँ
११. भुम्लु गाउँपालिका ३१ करोड ९३ लाख रुपैयाँ
१२. महाभारत गाउँपालिका ३५ करोड ३४ लाख रुपैयाँ
१३. रोशी गाउँपालिका ४३ करोड ४० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस