स्थानीयको स्वस्थ्यमा ध्यान दिदै चौंरीदेउराली गाउँपालिकामा फोहोरमैला व्यवस्थापन प्रणाली स्थापना

नौलो समाचार संवाददाता
२०८० जेष्ठ २१, आईतबार मा प्रकाशित २३८ पटक पढिएको
स्थानीयको स्वस्थ्यमा ध्यान दिदै चौंरीदेउराली गाउँपालिकामा फोहोरमैला व्यवस्थापन प्रणाली स्थापना

जेठ २१, काभ्रे। चौंरीदेउराली गाउँपालिकाले फोहोरमैला व्यवस्थापन प्रणाली स्थापना गरेको छ।

चौरीदेउराली गाउँपालिका र जीविको पार्जन पुन:स्थापनका लागि दिगो पर्यटन परियोजनाको संयुक्त लगानीमा फोहोरमैला व्यबस्थापन प्रणाली केन्द्रको स्थापना भएको हो।

गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंका अनुसार चौरीदेउराली गाउँपालिका वडा नं ५ र ९ मा प्रणाली केन्द्रको स्थापना भएको छ।

फोहोर मैला व्यवस्थापनमा स्थानिय तहको भुमिका महत्वपूर्ण रहेको हुदा फोहोरमैलालाई व्यवस्थित गर्दै मानव र मानव स्वास्थ्यमा पर्ने प्रतिकुल प्रभाव न्युनिकरण गर्ने उद्देश्यका साथ सो केन्द्रको स्थापना भएको अध्यक्ष चौंलागाईंले बताउनुभयो।

अध्यक्ष चौंलागाईंले गाउँपालिकाले फोहोरमैला व्यवस्थापन कार्यविधि–२०८० जारी गरि कार्यान्वायनमा ल्याएको समेत बताउनुभयो।

फोहोरमैला व्यवस्थापनमा स्थानिय तहको भुमिका अभिभावकिय हुँदा सबैको सहयोग, समर्थन, समन्वय र सहकार्य आवश्यक रहेको बताउदै उहाँले गाउँपालिकाबासीलाई सहयोगको लागि अनुरोध समेत गर्नुभयो।


प्रतिक्रिया दिनुहोस