केयुको २८औँ दिक्षान्त समारोहमा १ हजार २४० जना विद्यार्थी दीक्षित हुने

नौलो समाचार संवाददाता
२०८० जेष्ठ २५, बिहिबार मा प्रकाशित १८६८ पटक पढिएको
केयुको २८औँ दिक्षान्त समारोहमा १ हजार २४० जना विद्यार्थी दीक्षित हुने

जेठ २५, काभ्रे। काठमाडौं विश्वविद्यालयको २८औँ दिक्षान्त समारोह जेठ २८ गते सोमबार हुने भएको छ।

आज पत्रकार सम्मेलन गर्दै उपकुलपति भोला थापाले विश्व विद्यालयको दिक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपति शपुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा सम्पन्न हुने जानकारी दिनुभयो।

काठमाडौं विश्वविद्यालयवाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी ९ जना, एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ र स्नातक तहका १ हजार ९२ जना सहित जम्मा १ हजार २४० जना विद्यार्थी दीक्षित हुने बताइएको छ।

तीमध्ये आर्टस्‌का ३५ जना, एजुकेसनका ५७ जना, इन्जिनियरिङका ३६५ जना, लका १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साइन्सेजका ५६५ जना र साइन्सका १६७ हुने बताइएको छ।

यस्तै, काठमाडौं विश्वविद्यालयको ईतिहासमा पहिलो पटक स्कुल अफ ईन्जिनियरिङ  अन्तर्गत Bachelor of Architecture मा २९ जनालाई उपाधि प्रदान गरिने जानकारी दिइएको छ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थापाले आव २०७८/७९ को वार्षिक कार्यप्रगती विवरण स्वीकृत गरेको समेत बताउनुभयो। उहाँले आव २०८०/८१ को वार्षिक कार्यक्रम तथा अनुमानित आयाव्यय (बजेट) पारित भएकोमा कूल रकम २ अर्ब २१ करोड ५५ लाख आय हुने अनुमान गरिएको बताइएको छ भने २ अर्ब २६ करोड व्याय हुने अनुमान गरिएको बताउनुभयो।

पदक पाउने विद्यार्थीकोहरुमा चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा सबभन्दा बढी CGPA प्राप्त गर्ने विद्यार्थीश्सिद्धार्थ रजक, CGPA 4.00, Master of Education in Mathematics Education, स्कुल अफ एजुकेसन भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी CGPA प्राप्त गर्ने विद्यार्थी सन्चिता केसी, CGPA 3.98, Bachelor of Education in Chinese Language Teaching, स्कुल अफ एजुकेसन जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक MBA तहमा सबैभन्दा बढी CGPA प्राप्त गर्ने विद्यार्थी प्रश्ना भट्टराई, CGPA 3.97, MBA स्कुल अफ म्यानेजमेन्ट रणबहादुर शाह स्वर्णपदक, MBA तहमा सर्वोत्कृष्ट विद्यार्थी आयुष्मा पोखरेल, CGPA 3.85, MBA, स्कुल अफ म्यानेजमेन्ट बाट हुने केयु का प्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस