पनौती ९ मा वालवालिकाहरुका लागि ‘जीवन उपयोगी शिक्षा तालिम’ सम्पन्न

नौलो समाचार संवाददाता
२०८० जेष्ठ २९, सोमबार मा प्रकाशित १५८४ पटक पढिएको
पनौती ९ मा वालवालिकाहरुका लागि ‘जीवन उपयोगी शिक्षा तालिम’ सम्पन्न

जेठ २९, काभ्रे। सिविन नेपालको सहयोग तथा पनौती नगरपालिका वडा नं ९ को आयोजनामा जीवन उपयोगी सिप तालिम कार्यक्रम सम्पन्न भएको छ।

बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा दिगोपनाको कार्यक्रम अन्तरगत १३ देखि १८ वर्षसम्मका वालवालिकाहरुका लागि जीवन उपयोगी शिक्षा तालिम संचालन गरिएको थियो।

यहि जेठ २६ देखि २८ गतेसम्म तीन दिन संचालन भएको तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ९ का अध्यक्ष शहकुलकुमार हुमागाईं रहनुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईंले जीवनमा आईपर्ने विभिन्न सामाजिक, व्यवहारिक, आर्थिक लगायतका चुनौतीलाई कसरी सामना गर्ने, समाजलाई सहि दिशा तर्फ कसरी नेतृत्व दिने लगायतका जीवन उपयोगी शिपको तालिम लिएका बालवालिकाहरुलाई आफ्नो व्यवहार पनि लागु गरेर देखाउन आग्रह गर्नुभयो।

यस्तै, सिविन नेपालका प्रमुख भगवती श्रेष्ठले १३ देखि १८ वर्षसम्मका वालवालिकाहरुकालागि जीवन उपयोगी शिपको तालिम काभ्रे लगायत देशभरका विद्यालयमा दिईनुपर्ने आवश्यकता औल्याउनुभयो।

वडा बाल संजालका प्रसुन हुमागाईंको सभापतित्वमा भएको कार्यक्रममा शारदा माविका प्रधानाध्यापक मदन गोछेले आफ्ना भनाई राख्दै ३ दिने जीवन उपयोगी शिक्षा तालिमले पढाईसंगसंगै नेतृत्व विकासमा पनि मद्दत पुर्याउने बताउनुभयो।

शारदा मावि सुन्थानमा सम्पन्न भएको तालिममा ४६ जना वालवालिकाले सहभागिता जनाएका थिए।

कार्यक्रममा अथितिको रुपमा वडा नं ९ का वडा सदस्य ओमकृष्ण श्रेष्ठ, सरस्वती राई, सुन्दरी रम्तेल, कुमार भण्डारी लगायत सहभागी हुनुहुन्थ्यो।

प्रशिक्षक रुपमा रिरिजना भट्टले बालबालिकाहरुको जीवन उपयोगी शिपको तालिम  प्रदान गर्नुभएको थियो।

तालिममा सहभागीहरूलाई प्रमाणपत्र तथा मायाँको चिनो प्रदान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस