पनौतीका विभिन्न विद्यालयमा घुम्ती पुस्तकालय ‘बुक बस’ संचालन

नौलो समाचार संवाददाता
२०८० जेष्ठ ३०, मंगलबार मा प्रकाशित १८९६ पटक पढिएको
पनौतीका विभिन्न विद्यालयमा घुम्ती पुस्तकालय ‘बुक बस’ संचालन

जेठ ३०, काभ्रे। पनौतीका विभिन्न विद्यालयहरुमा घुम्ती पुस्तकालय (बुक बस)को कार्यक्रम सुरुवात गरिएको छ।

अमेरिकी दूतावासको सहयोगमा सतोरी सेन्टर फर द आर्टस्द्वारा सञ्चालित बुक बसले पनौतीका विद्यालयमा शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सुरु गरेको हो।

आज जेठ ३० गतेदेखि असार ९ गतेसम्म विभिन्न विद्यालयहरुमा घुम्ती पुस्तकालय सुरु गरिएको हो। पनौतीका पाँच विद्यालय र एउटा पुस्तकालयमा विज्ञान, प्रविधि, संरक्षणबारे कार्यशाला तथा पुस्तक पठनपाठनका कार्यक्रम हुनेछन्।

विद्यार्थीहरुलाई शैक्षिक, सांस्कृतिक तथा  नदी र वरिपरिको वातावरणबारे  रुचि बढाउन कार्यक्रमको आयोजना गरिएको बताईएको छ।

जेठ ३० र ३१ गते पनौती आधारभूत विद्यालयमा बुक बसको कार्यक्रम हुनेछ। यस्तै जेठ ३२ र असार १ गते पुण्य हाईस्कुलमा, असार ३ र ४ गते इन्द्रेश्वर मावि, असार ५ र ६ गते सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, असार ७ र ८ गते सामुदायिक बोर्डिङ स्कुल र असार ९ गते ज्ञान विकास सामुदायिक पुस्तकालयमा कार्यक्रम तथा प्रदर्शनी हुनेछ।

कार्यक्रम अन्तर्गत स्टीम कार्यशाला, पुस्तक पठन तथा कथा वाचन, प्रदर्शनी हुनेछन्।


प्रतिक्रिया दिनुहोस