मण्डनदेपुर बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

नौलो समाचार संवाददाता
२०८० जेष्ठ ३१, बुधबार मा प्रकाशित १४३ पटक पढिएको
मण्डनदेपुर बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

जेठ ३१, काभ्रे। मण्डनदेपुर नगरपालिकाको वडा नम्बर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु भएको छ।

दुबै तालिमको आज नगर प्रमुख टोकबहादुर वाईबाले संयुक्त रुपमा उदघाटन गर्नुभएको हो। तालिम उदघाटन गर्दै नगरप्रमुख वाईबाले शिक्षासंगै सीप पनि अपरिहार्य रहेको बताउनुभयो। उहाले पढाईको तहबृद्धि संगसंगै सीप भयो भने जीवन आत्मनिर्भर बन्न निकै ठूलो सहयोग पुग्ने बताउनुभयो।

उपप्रमुख विष्णुमणी नेपालले नगरपालिका उत्पादनको क्षेत्रमा काम गर्न तत्पर रहेको बताउनुभयो । उहाँले पढाईलाई ब्यवसायमुलक बनाउनुपर्नेमा जोड दिनुभयो । सीप सिकेर नमुना बनेर समाज रुपान्तरणमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डाक्टर लोक बहादुर लोप्चन, वडा नम्बर ४ का वडा अध्यक्ष मैतेसिं तामाङ र वडा नम्बर ८ का वडा अध्यक्ष निरञ्जन विष्ट, नगरपालिकाका स्वरोजगार संयोजक सुरज पौडेल लगायत सहभागि हुनुभएको थियो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको सिलाई कटाई तालिममा वडा नम्बर ४ र ८ का गरी १५ जना महिला सहभागिता रहेको छ । त्यस्तै ब्यूटी पार्लर तालिमा ७ जना महिला सहभागि छन् । यो तालिम १ महिनासम्म सञ्चालन हुनेछ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम नगरपालिकाको विभिनन ४ वटा वडामा सञ्चालन भैरहेको छ । वडा नम्बर ४, ५, ८ र १० मा कार्यक्रम सञ्चालन भैरहेको स्वरोजगार संयोजक पौडेलले जानकारी दिनुभयो ।

वडा नम्बर ४ मा पार्लर, सिलाई कटाई र वर्क शपको तालिम सञ्चालन भैरहेको छ । वडा नम्बर ५ मा सिलाई र तरकारी खेती तालिम चलिरहेको छ । वडा नम्बर १० मा सिलाई र गलैँचा बुनाई तालिम सञ्चालन भैरहेको छ । वडा नम्बर ८ का लागि सञ्चालन गरिएको बाख्रा पालान तालिम भने आजै सकिएको छ ।


प्रतिक्रिया दिनुहोस