केटीएमका दुई मोटरसाइकलको मूल्य ५० हजारले घट्यो

नौलो समाचार संवाददाता
२०८० जेष्ठ ३१, बुधबार मा प्रकाशित १५०५ पटक पढिएको
केटीएमका दुई मोटरसाइकलको मूल्य ५० हजारले घट्यो

जेठ ३१, काठमाडौं। आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत २०० सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकलमै २० प्रतिशत अन्तःशुल्क घटाएपछि केटीएम मोटरसाइकलको मूल्य घटेको छ। कम्पनीले अहिले बिक्री गर्दै आएको दुई मोटरसाइकलको मूल्य घटाएको हो।

केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले केटीएम २५० एड्भेन्चर र ड्यूक २५० को मूल्य घटाएको हो।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार यी दुबै मोडलका मोटरसाइकलमा ५० हजार रुपैयाँले मूल्य घटेको हो।

एड्भेन्चर २५० को पुरानो मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँ रहेको थियो भने नयाँ मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै २५० ड्यूकको मूल्य ५० हजार रुपैयाँले कम भएर ७ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको हो।

कम्पनीले अन्य मोडलको नयाँ मूल्य भने सार्वजनिक गरेको छैन।


प्रतिक्रिया दिनुहोस