श्रीमानको कुटाईबाट घाइते वडा सदस्यको मृत्यु

नौलो समाचार संवाददाता
२०८० जेष्ठ ३२, बिहिबार मा प्रकाशित १११ पटक पढिएको
श्रीमानको कुटाईबाट घाइते वडा सदस्यको मृत्यु

जेठ ३२, काभ्रे। नमोबुद्ध नगरपालिकामा श्रीमानको कुटाइबाट दलित महिला वडा सदस्यको मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका वडा नम्बर ११ मा श्रीमानको कुटाइबाट घाइते भएकी वडा सदस्य ज्ञानीमाया विकको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

विकको हत्या गरेको अभियोगमा उनका पति सम्भु विकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार राति श्रीमानको कुटाइबाट मरणासन्न भएकी ज्ञानीमायाको धुलिखेल अस्पतालमा बुधवार राति निधन भएको प्रहरीले जनाएको छ ।

उनी दोस्रो कार्यकालका लागि दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस