बेथानचोकमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०८० अषाढ ८, शुक्रबार मा प्रकाशित १८८५ पटक पढिएको
बेथानचोकमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

असार ८, काभ्रे। बेथानचोकमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

आज (शुक्रबार) दिउँसो बेथानचोक गाउँपालिका–४ पडगाउँ डाँडादेखि क्लबघर निस्कने सडकमा बा १७ च ३० बोलेरो गाडी दुर्घटना भएको हो।

दुर्घटनामा बेथाञ्चोक गाउँपालिका–४ पडगाँउ डाँडाका दलबहादुर तामाङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका बेथाञ्चोक गाउँपालिका–४ पडगाँउ डाँडाका दलबहादुर तामाङको मृत्यु भएको हो। उहाँको बनेपा स्थित शिर मेमोरियल हस्पिटल मा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रहरी नायव उपरिक्षक रेशम बोहराले जानकारी दिनुभयो।

तीव्र गतिको बोलेरो गाडी अनियन्त्रीत भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेको बोहराले जानकारी दिनुभयो।

दुर्घटनामा अन्य ३ जना घाइते भएका छन्। घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पताल उपचार भइरहेको छ।

दुर्घटनामा घाइते भएका सवारी चालक चालक श्रीराम खत्रीको दुबै खुट्टामा चोट लागेको छ भने गाडीमा सवार राजु लामाको टाउकोमा चोट लागेको छ। अर्का घाइते धमाइ तामाङको शरिरमा सान्य चोट लागेको बोहराले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस