नमोबुद्धको नगर सभा: ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाँको बजेट प्रस्तुत

नौलो समाचार संवाददाता
२०८० अषाढ १०, आईतबार मा प्रकाशित २१४२ पटक पढिएको
नमोबुद्धको नगर सभा: ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाँको बजेट प्रस्तुत

असार १०, काभ्रे। नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ।

आइतबार बसेको बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो।

नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८०/८१ को लागि बजेट ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। नगरले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय ९७ र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको छ।

बैठकमा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक बर्ष २०८०/८१ को आर्थिक विधेयक, विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो।

न्यायिक समितिका संयोजक समेत रहनुभएको उपप्रमुख रत्नबहादुर लामाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले चालु आर्थिक बर्ष २०७९/८० को बार्षिक नगर योजना माथिको वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

नगर सभाको अर्काे बैठक २०८० असार २७ गते बस्ने तय भएको नगर सभाका सचिव समेत रहनुभएका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो।

आर्थिक बर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदनको पूर्णपाठ 


प्रतिक्रिया दिनुहोस