मण्डनदेउपुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ९९ लाख ९८ हजार

नौलो समाचार संवाददाता
२०८० अषाढ १०, आईतबार मा प्रकाशित १५६५ पटक पढिएको
मण्डनदेउपुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ९९ लाख ९८ हजार

असार १०, काभ्रे। काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट नगर सभा समक्ष टेलब गरिएको छ।

आज नगरप्रमुख टोक बहादुर वाईबाले नगर सभाको १३ औँ अधिवेशन समक्ष नीति तथा कार्यक्रम टेबल गर्नुभएको हो । त्यस्तै उपप्रुमख विष्णुमणी नेपालले बजेट टेबल गर्नुभएको छ।

नगरसभामा १ अर्ब ७ करोड ९९ लाख ९८ हजार रुपैयाँ बजेट टेबल गरिएको छ। जसमा १६ करोड सामाजिक सुरक्षा भत्ता सहित हो। सामाजिक सुरक्षा बाहेक कुल विनियोजित बजेटमध्ये ४७ करोड ६५ लाख ५८ हजार अर्थात ५१.८ प्रतिशत र पूँजीगत तर्फ कुल बजेटको ४४ करोड ३८ लाख ३९ हजार ०३३ अर्थात ४८.२० प्रतिशत रहेको छ।

संघीय समानीकरण अनुदानबाट १० करोड ८५ लाख, प्रदेश समानीकरण अनुदानबाट १ करोड ९ लाख ६ हजार अनुमान गरिएको छ । त्यस्तै संघीय सर्शत अनुदानबाट २७ करोड १६ लाख, प्रदेश सर्शत अनुदानबाट २ करोड २० लाख ९८ हजार, संघीय समपूरक अनुदानबाट ८० लाख, प्रदेश समपूरक ३ करोड, संघीय विशेष अनुदान २ करोड, आन्तरिक राजश्व १३ करोड ९० लाख रुपैयाँको अनुमान गरिएको छ।

न्गरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गर्नका लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रत्येक वडाको पूर्वाधार विकास, सामाजिक विकास, सुशासन तथा सेवा प्रवाह कार्यक्रमका लागि ४ करोड ८० लाख विनियोजन गरिएको छ। नगरभित्रका भित्री सडकहरु सरसफाईका लागि १६ लाख ५० हजार विनियोजन गरिएको छ।

साना तथा लघु प्रकृतिको योजना निमाृण तथा मर्मत सम्भारका लागि ६५ लाख विनियोजन गरिएको छ। जिसस काभ्रेको संगको समन्वयमा स्वास्थ्य संस्था तथा विद्यालयको पूर्वाधार निर्माण र मर्मतका लागि ५५ लाख रुपैयाँ ५५ लाख विनियोजना गरिएको छ।

स्वास्थ्य सेवामा नागरिकको पहुँच बृद्धि, स्वास्थ्य बिमा, औषधी तथा उपकरण खरिद, नगर अस्पताल सञ्चालन तथा अस्तापल स्तरोन्नतिका लागि ४ करोड ८० लाख विनियोजन गरिएको छ ।

नगर सभामा ९ वटा विद्येयक र प्रतिवेदन प्रेश भएका छन् । यी विद्येयक र प्रतिवेदन तर्फ दफाबार छलफल हुने सभाका अध्यक्ष एवं नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिनुभयो । नगर सभा अध्यक्ष वाईबाले अर्को बैठक असार १५ गते बिहान ७ बजे बस्नेगरी सभा स्थगन गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस