पाँचखालको बजेट ७९ करोड, ९३ लाख ९८ हजार, पलाञ्चोक भगवती मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न पहल गरिने

नौलो समाचार संवाददाता
२०८० अषाढ १२, मंगलबार मा प्रकाशित २१२५ पटक पढिएको
पाँचखालको बजेट ७९ करोड, ९३ लाख ९८ हजार, पलाञ्चोक भगवती मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न पहल गरिने

असार १२, काभ्रे। पाँचखाल नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि ७९ करोड, ९३ लाख ९८ हजार बजेट प्रस्तुत भएको छ।

नगरपालिकाको नगरसभाले प्रशासनिक खर्च १५ करोड, पुँजीगत तथा कार्यक्रम खर्चको लागि ३२ करोड ७५ लाख, शशर्त योजना, समपुरक तथा विषेश तर्फ ३२ करोड १८ लाख अन्ठानब्बे हजार गरी आर्थिक बर्ष २०८०/०८१ को लागि ७९ करोड, ९३ लाख ९८ हजार बजेट प्रस्तुत भएको हो।

नगरप्रमुख महेश खरेललबाट प्रस्तुत भएको नीति तथा कार्यक्रममा ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवतीको मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न विशेष पहल गरिने उल्नेख छ । त्यस्तै रासायनिक विषादी न्यूनीकरण गरी हरित उत्पादनलाई प्रवर्द्धन गर्न गुणस्तरीय वानस्पतिक विषादी घर घरमा बनाउने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिने, कृषिमा महिलाको पहुँच वृद्धि गर्न हरित महिला औद्योगिक ग्राम संचालन कार्यलाई केन्द्र विन्दुमा राखिने, पाँच वर्षभित्र बहुउद्देश्यीय सुविधासम्मपन्न चिस्यानकेन्द्र स्थापनाका लागि पहलकदमी लिईने, स्थानीय उत्पादित कृषि तथा वनमा आधारित कच्चा पदार्थको प्रयोग गर्ने नयाँ उद्योगहरुलाई सञ्चालनमा आएको २ वर्षसम्म सत प्रतिशत स्थानीय करमा छुट दिने र थप ३ वर्षसम्म ५० प्रतिशत करमा छुट दिने नीति लिइने तथा कम्तिमा १० जना स्थानीयलाई सो अवधिभर रोजगारी दिने नयाँ उद्योगहरुलाई समेत सोही सरहको सुविधा उपलब्ध गराइने उल्नेख छ ।

त्यस्तै ५० जना भन्दा बढी स्थानीयहरुलाई रोजगारी दिने नयाँ स्थापना हुने उद्योगहरु सम्म पहुँच मार्ग, विद्युत्त तथा पानीको व्यवस्था गरिने, एक वडा एक उद्योग स्थापना र सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी लगानीकर्ताहरुलाई आकर्षित गर्न सुविधा दिई लगानी सम्मेलनको आयोजना गरिने नगर प्रमुख खरेलले जानकारी दिए ।

नीति तथा कार्यक्रममा नगरले मोतियाबिन्दुको निशुल्क स्क्रिनिङ्, अप्रेशन, बृद्ध असक्त र सुत्केरी महीलाहरुको लागि निशूल्क एम्वुलेन्स सेवा, गर्भवती महिलाहरुलाई निशुल्क युएसजी सेवा, क्याल्सियम, फोलिक एसिड निशुल्क रुपमा वितरण, मानसीक रोगको निशुल्क परिक्षण, वृद्धवृद्धाहरुलाई निशुल्क दाँत राख्ने, परामर्श तथा उपचार, नसर्ने रोगको निदानका कार्यक्रमहरु सञ्चालन गर्ने, निशुल्क पाठेघर जाँच तथा शल्यक्रिया ल्याव विस्तार तथा नगरको पोषणको अवस्थालाई सुधार गर्न आवश्यक कार्यक्रमहरु निर्धारण गरिने जनाएको छ ।

त्यस्तै नगर क्षेत्र भित्र पशुपंक्षीको स्वास्थ्य परिक्षणको र खोपको लागी सार्वजनिक निजी साझेदारीमा प्रयोगशाला निर्माण गरिने, विभिन्न कारणले रोजगारी गुमाएका र वैदेशिक रोजगारीबाट फर्केका नगरवासीले उद्योग तथा व्यवसाय सञ्चालनार्थ बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याजमा यस नगरपालिकाको समेत संलग्नता रहन सक्ने गरी बैंक तथा वित्तिय संस्थासँग समन्वय गर्दै उद्यमशिलतामा जोड दिइने उल्नेख छ ।

नगरले बालबिवाह रोकथामको लागि “नगरवासी जुटौं, बालविवाह रोकौं” जस्ता कार्यक्रम मार्फत बालविवाह रोकथाम कार्यक्रम सञ्चालन गरिने, बालमैत्री नगरपालिका घोषणा, किशोरीहरुको आत्मसुरक्षा, मनोसामाजिक तथा अन्य परामर्श, अन्य जीवनोपयोगी तालिमहरु व्यवस्था गरी विद्यमान सामाजिक विसंगती र कुरीतीलाई निरुत्साहित गरिने पालिकाले जनाएको छ ।

पाँचखाल नगरपालिकाको सबै वडा कार्यालयहरु, विद्यालयहरु, स्वास्थ्य संस्था महत्वपूर्ण, धार्मिक स्थल एवं वस्तीहरुमा पक्कि सडकको पहुँच पुर्याउने गरी योजना तर्जुमा गरिने नगरको योजना छ ।

नगरसभामा पालिका उपप्रमख सुर्यमाया दनुवारले बजेट प्रतुत गरेकी थिईन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, नगरका प्र्रवक्ता, नगरका वडा अध्यक्ष लगायत कार्यपालिका सदस्य, नगर सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस