लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट अन्तर्गत रिजन १८ जोन ३७ का क्लव पदाधिकारीलाई धुलिखेलमा अभिमुखीकरण

नौलो समाचार संवाददाता
२०८० अषाढ १७, आईतबार मा प्रकाशित १२४७ पटक पढिएको
लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट अन्तर्गत रिजन १८ जोन ३७ का क्लव पदाधिकारीलाई धुलिखेलमा अभिमुखीकरण

असार १७, काभ्रे। लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत रिजन १८ जोन ३७ का क्लब पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

अभिमुखिकरण कार्यक्रममा चण्डेश्वरी, टेम्पल पिस, इन्द्रेश्वर, पूर्व क्षितिज र बेथानचोकका क्लब पदाधिकारीहरूको सहभागिता रहेको थियो।

डिष्ट्रिक्ट ३२५ आई नेपालका एडिशनल डिष्ट्रिक्ट मिडिया को-अर्डिनेटर भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले गर्नुभएको थियो।

आइतवार धुलिखेलस्थित मिरावेल रिसोर्टमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा रिजन १८ जोन ३७ का क्लब अन्तर्गत रहेका विभिन्न क्लवहरुका अध्यक्ष, पदाधिकारी एवं क्लब सदस्यहरूको सहभागिता थियो। सो कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, प्राज्ञिक ब्यक्तित्व वरिष्ठ पत्रकार इश्वरीओझा लगाएतको बिशेष उपस्थिति रहेको थियो।

अभिमुखिकरण कार्यक्रममा क्लव मिटिङ सञ्चालन तरी का, लायन अन्तर्राष्ट्रियमा रिपोर्टिङ गर्ने तरी का, क्लब अध्यक्षको काम, कर्तव्य र अधिकार, सचिवले गर्नुपर्ने काम र कोषाध्यक्षले गर्ने कामका बारेमा जानकारी गराइएको थियो।

उक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै डिष्ट्रिक गभर्नर चन्द्र केसीले लायन्सको अभियान विश्वव्यापी रहेको भन्दै सेवाका हातहरु असहायहरुका लागि लाग्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँले जिवन जगतका बारेमा मोटिभेशनल क्लास लिनु भएको थियो ।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी महेश पाण्डेले सेवाका लागि लायन्सको स्थापना भएको भन्दै डिष्ट्रिक्ट गभर्नरको यसबर्षको मुख्य कार्यक्रम नेतृत्वका लागि उत्प्रेरणा गरी सेवाको विशेषकार्यक्रम सञ्चालन गर्न मातहतका क्लवहरुलाई आग्रह गर्नुभयो।

डिष्ट्रिक्ट ३२५ आई नेपालका चिफ एडभाईजर सूर्य कुमार केसीले डिष्ट्रिक्टले यस बर्ष तय गरेका मुख्य कार्यक्रमका बारे प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले लायन्सले समाज परिवर्तनमा खेलेको भूमिकाप्रति गर्व महशुष गर्दै सहकार्य गरेर अघि बढ़न इच्छुक रहेको प्रतिक्रिया व्यक्त गर्नु भएको थियो।

एडिशनल डिष्ट्रिक्ट को–अर्डिनेटर प्रल्हाद शर्मा हुमागाईंको संयोजनमा गरिएको अभिमुखीकरण कार्यक्रममा डिष्ट्रिक्ट को-अर्डिनेटर प्रमोद थापा, लायन्स क्लब अफ काठमांडौ महा चंडेश्वरीका अध्यक्ष पुण्यवति घले तथा बिपशना शाक्यले पनि बोल्नु भएको थियो।


प्रतिक्रिया दिनुहोस