सरस्वती कुञ्ज बोर्डिङ स्कुलद्वारा एसइइ परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान

नौलो समाचार संवाददाता
२०८० अषाढ ३१, आईतबार मा प्रकाशित १५२४ पटक पढिएको
सरस्वती कुञ्ज बोर्डिङ स्कुलद्वारा एसइइ परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान

असार ३१, काभ्रे। सरस्वती कुञ्ज बोर्डिङ स्कुल पनौतीले एसइइ (SEE) परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामनासहित सम्मान गरेको छ।

आज विद्यालय प्रङ्गगणमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल अरुण कर्माचार्य लगायत शिक्षक/शिक्षिकाहरु तथा विद्यालयलयका पदाधिकारीहरुले एसइइ २०७९ मा उत्तीर्ण विद्यार्थीहरुलाई सगुनसहित बधाई तथा आगामी शैक्षिक भविष्यका लागि शुभकामना प्रदान गर्नुभएको थियो।

उत्कृष्ठ जिपिए (GPA) सहित उत्तीर्ण २९ जना छात्र/छात्राहरुलाई प्रिन्सिपल अरुण कर्माचार्यले मिहिनेत र अनुशासनसँगै विद्यालयको नाम र प्रतिष्ठालाई थप उच्च बनाउन सफल भएका धन्यवाद व्यक्त गर्नुभयो। साथै थप उच्च शिक्षाका लागि शुभकामना दिँदै उज्ज्वल भविष्यको कामना गर्नुभयो।

यस्तै कार्यक्रममा, उत्तीर्ण विद्यार्थीहरूको तर्फबाट बोल्दै ईशा कार्कीले उत्कृष्ठ शैक्षिक वातावरणका लागि विद्यालय परिवारप्रति धन्यबाद व्यक्त गर्नुभयो। साथै उच्च शिक्षाका लागि थप मिहिनेत गर्दै अगाडि बढ्ने प्रण गर्दै कक्षा १० का भाईबहिनीहरुलाई पनि आगामी SEE परीक्षाका लागि शुभकामना व्यक्त गर्नुभयो।

नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुने सरस्वती कुञ्ज बोर्डिङ स्कुलमा हाल ५ सय ३५ जना छात्र/छात्राहरु अध्ययनरत छन्।


प्रतिक्रिया दिनुहोस