भानु जयन्तीमा कविगोष्ठी तथा पुस्तक लोकार्पण

नौलो समाचार संवाददाता
२०८० अषाढ ३१, आईतबार मा प्रकाशित ६०३ पटक पढिएको
भानु जयन्तीमा कविगोष्ठी तथा पुस्तक लोकार्पण

असार ३१, काभ्रे। पनौती साहित्य समाजको आयोजना र इन्द्रेश्वर क्याम्पसको संयोजनमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको अवसरमा कविगोष्ठी तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रमा प्रमुख अतिथि डा. तुलसी भट्टराईले नेपाली साहित्यको क्षेत्रमा भानुभक्त आचार्यको उल्लेखनीय भूमिका रहेको विचार व्यक्त गरेका थिए । कार्यक्रमका विशेष अतिथि कवि सूर्य लाकोजूले नेपाली भाषा र साहित्यलाई विकसित तुल्याउन र भाषिक रुपमा सबैलाई एकताको शुत्रमा बाँड्ने काम आदिकवि भानुभक्त आचार्यले गरेको विचार पोखे । अर्का विशेष अतिथि विष्णु ओलीले भानुको स्मरणमा कविता सुनाए । कविगोष्ठीमा करिब दुई दर्जन कविहरुले आफ्ना सिर्जना सुनाएका थिए । कविहरुले मायाप्रेम, राजनीति, सामाजिक विभेद आदिका विषयका सिर्जना सुनाएका थिए । साथै समानता, मायापिरती, समाजिक विकृति, देशप्रेमको भाव पनि वाचित सिर्जनाहरुले बोकेका थिए ।

सोही समारोहमा तुयुकाजी ताम्राकारको ज्ञानीबालकथा संग्रह र इन्द्रेश्वर क्याम्पसको जर्नल पनि लोकार्पण गरिएको थियो । कायृक्रम पनौती साहित्य समाजका अध्यक्ष सुभद्रा दहालको सभापतित्वमा सम्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस