लम्पी स्किनबाट मरेका पशुको किसानलाई धुलिखेल–२ ले राहत दिने

नौलो समाचार संवाददाता
२०८० श्रावण २२, सोमबार मा प्रकाशित १४४१ पटक पढिएको
लम्पी स्किनबाट मरेका पशुको किसानलाई धुलिखेल–२ ले राहत दिने

साउन २२, काभ्रे। धुलिखेल नगरपालिका–२ ले लम्पी स्किन रोगबाट मरेका पशुपालक किसानलाई राहत रकम दिने निर्णय गरेको छ।

आइतबार बसेको वडा समितिको बैठकबाट किसानलाई तत्काल राहत दिने निर्णय गरेको हो।

धुलिखेल नगरपालिका–२ भित्रका किसानको पशुपालन नै मुख्य आम्दानीको स्रोत भएकोले किसानको मनोबल उच्च राख्न पनि यो निर्णयले सहयोग पुग्ने वडाध्यक्ष अर्जुन न्यौपानेले बताउनुभयो।

उक्त वडामा हालसम्म ६५ वटा गाई मरेका छन् ।

बैठकले सो वडाभरि लम्पी स्किन रोगको महामारीको कारण मृत्यु भएको दुहुनो गाईका लागि प्रतिगाई १० हजार र चार महिना कटेको कोरली बाच्छीको हकमा पाँच हजार रुपैयाँ प्रति पशु दिने निर्णय गरेको छ । बैठकले उक्त राहत रकम २०८०/८१ को दैवी प्रकोप फोर्स तथा वडास्तरीय कार्यक्रम २०८०/८१ को पशु सेवा कार्यक्रमबाट राहत रकम वितरण गरिने बताइएको छ।

वडाध्यक्ष अर्जुन न्यौपानेले किसानहरुको लाखौं बराबरको क्षति भएको बताउदै अहिले दिन लागिएको राहत किसानका लागी पर्याप्त नभए पनि यो एउटा थोरै मल्हम पट्टी गर्ने र हामी किसानका हरेक दुःखमा साथमा नै छौँ भन्ने आभाष दिलाउने प्रयास रहेको उहाँले उल्लेख गर्नुभयो।

यस्तै धुलिखेल वडा नम्बर -८ ले पनि आफ्नै बजेटबाट लम्पी स्किन रोगको औषधी उपचार निःशुल्क गरेको छ।

जिल्लामा १३ पालिकामा यस महामारीको रोग लम्पी स्किनबाट ५० हजार बढी पशुको क्षति भइसकेको छ । केही स्थानीय पालिकले यसको उपचारका लागि भन्दै खोप खरिद गरी खोप कार्यक्रम चलाएको भए पनि पर्याप्त नतिजा र रोग नियन्त्रण बाहिर रहेको छ।


प्रतिक्रिया दिनुहोस