भैंसेपाटी जनागालमा मोटरसाइकल दुर्घटना, धुलिखेल ८ को अभिषेक न्यौपानेको मृत्यु

नौलो समाचार संवाददाता
२०८० श्रावण ३०, मंगलबार मा प्रकाशित १६८० पटक पढिएको
भैंसेपाटी जनागालमा मोटरसाइकल दुर्घटना, धुलिखेल ८ को अभिषेक न्यौपानेको मृत्यु

साउन ३० काभ्रे। बनेपा-१३ भैंसेपाटी जनागालमा मोटरसाइकल ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान १०:२० बजेको समयमा बनेपाबाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२-०३४ प ११६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई विपरित दिशाबाट आउदै गरेको बा प्र ०३-००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको मुनी छिर्दा धुलिखेल ८ बस्ने वर्ष-२१ को अभिषेक न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

न्यौपानेको शव धुलिखेल अस्पताल लगिएको छ । ट्रक सहित चालक प्रहरीले नियन्त्रणमा रहेको छ । केही बेर अबरुद्ध भएको राजमार्ग सुचारु रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस